+
+

थापाथलीमा खुल्‍यो हिमालयन चेस एकेडेमी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १९:५७

१ चैत, काठमाडौं । युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित काठमाडौ्को थापाथलीमा हिमालयन चेस एकेडेमी खुलेको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू र राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका पहिलो विजेता विकासमान लामाले एकेडेमीको लोगो अनावरण गर्दै उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा घिसिङले भने, ‘चेसको विकासको लागि निजी लगानीमा हिमालयन चेस एकेडेमी स्थापना हुनु सह्राहनीय छ । यस एकेडेमीले देशका लागि नाम राख्ने चेस खेलाडी उत्पादन गर्ने विश्वास गरेको छु । सानै उमेरमा बालबालिकालाई चेसको प्रशिक्षणले बौद्धिक विकासमा महत्वपूर्ण टेवा पुर्याउने भएकाले यसतर्फ पनि एकेडेमेमीले नेतृत्व गर्नेछ ।’

२०३६, ०३७ र ०३९ का च्याम्पियन लामाले भने, ‘हाम्रो पालोमा चेसको खेल्न र खेल सामाग्री जुटाउन पनि गाह्रो थियो । अहिले धेरै सजिलो भएको छ । एकेडेमी स्थापनाले चेसको सिकाईलाई थप सहज बनाउने छ । यस हिमालयन चेस एकेडेमीले उत्कृष्ट खेलाडी उत्पादन गर्ने अपेक्षा गरेको छु ।’

नेपालमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता २०३६ सालमा सुरु भएको थियो, जहाँ पुरुष खेलाडी मात्रै सहभागि भएका थिए । महिलातर्फ पहिलोपल्ट राष्ट्रिय बुद्धिचाल प्रतियोगिता २०६५ सालमा आयोजना गरिएको थियो, जसको उपाधि मोनालिशा खम्बूले जितेकी थिइन् । उनले स्थापना गरेकी हुन्, हिमालयन चेस एकेडेमी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?