+

रजोनिवृत्तिपछि यौनरुचि घट्छ ? यस्ता छन् ५ भ्रम

२०८० चैत  २ गते १४:०८ २०८० चैत २ गते १४:०८
Shares
रजोनिवृत्तिपछि यौनरुचि घट्छ ? यस्ता छन् ५ भ्रम

जब महिलामा नियमित हुने महिनावारी एउटा उमेरमा पुगेपछि रोकिन्छ, त्यसलाई रजोनिवृत्ति अर्थात् ‘मेनोपज’ भनिन्छ । खासगरी महिलाको उमेर ४५ वा ५० वर्ष पार गरेपछि उनीहरुको महिनावारी सुक्छ ।

यसरी महिनावारी सुकेपछि उनीहरुमा केही शारीरिक तथा भावनात्मक परिवर्तन हुन्छ, हार्मोनको कारण (ईस्ट्रोजेनको कमी) ले । यद्यपि यससम्बन्धी मान्छेमा आ-आफ्नै बुझाइ र धारणा छ । जस्तो, यौनरुचि घट्छ, मनोबल कमजोर हुन्छ इत्यादि । यो कति सत्य हो ?

आत्मबल कमजोर हुन्छ ?

महिनावारी सुकेपछि कतिपयमा भावनात्मक उतारचढाव आउँछ । यही कारण उनीहरुमा मुड स्वीङ वा डिप्रेसन हुने बुझाइ छ । यस्तो हुनुमा हार्मोन असन्तुलन मूल कारण हो ।

रजनोनिवृत्तिको समयमा महिलाहरुमा फरक-फरक लक्षण पर्न सक्छ । यो सत्य हो जस्तै अचानक जीउ तातिएको महसुस हुने, सुत्ने समयमा पसिना आउने, चिडचिडापन हुने लक्षण देखापर्छ । तर यो सधैं रहँदैन । यी लक्षणले उनीहरुमा आत्मबल कमजोर भएको ठहर गर्दैन ।

रजोनिवृत्तिपछि तौल बढ्छ ?

कतिपयले रजोनिवृत्तिपछि तौल स्वतः बढ्छ भन्ने सोच्छन् । तर तौल बढ्नुमा रजोनिवृत्तिको कुनै सरोकार छैन । बरु यो उमेरमा महिलाहरूको गतिविधि कम हुने भएको शरीरमा बोसोको प्रतिशत बढेर मोटोपन हुनसक्छ । यस्तो अवस्थामा खानपानमा ध्यान दिन सकेमा तौल बढ्दैन ।

यौन रुचि घट्छ ?

कतिपयले रजोनिवृत्तिपछि यौन रुचि घट्छ भन्छन् जुन पूर्णतया गलत हो । किनभने यसबेला यौनसम्पर्क गर्दा गर्भधारणको चिन्ता हुँदैन । बरु यसबेला निर्धक्क यौनसम्पर्क गर्न सकिन्छ । यसले मानसिक सन्तुलन व्यवस्थित राख्न मद्दत गर्छ ।

रजोनिवृत्तिपछि पनि गर्भवती हुनसक्छ ?

रजोनिवृत्ति पुग्न लागेका महिलाहरुको महिनावारी बारम्बार परिवर्तन भइरहने अर्थात् ४–६ महिनामा एकचोटि रगत देखिने हुनसक्छ । यस्तो अवस्थालाई महिला ‘प्रि-मेनोपज’ को अवस्था भनिन्छ । यस्तो अवस्थामा यौनसम्पर्क गरेमा गर्भ रहन सक्छ । गर्भ रहन गएमा चिकित्सकको परामर्शमा उचित समाधान पहिल्याउन सकिन्छ । तर महिनावारी नभएको १२ महिना बितिसकेको अवस्थामा गर्भधारण हुँदैन ।

के रजोनिवृत्ति एक नयाँ सुरुवात हो ?

रजोनिवृत्तिपछि जीवन अन्तिम चरणमा पुग्छ भन्ने धारणा प्राचीनकालमा थियो । र, महिलाको जीवन रजोनिवृत्तिद्वारा मापन गरिन्थ्यो । तर अब महिलाहरु रजोनिवृत्तिपछि पनि स्वस्थ बाँच्न र बाँकी आफ्नो जीवन आफ्नो परिवारसँग हाँसीखुसी बिताउँछन् ।

यसबेला उनीहरूमा आफ्नो जीवनका सबै लक्ष्य पूरा गर्ने क्षमता राख्छन्, किनभने महिलाहरुको महिनावारी मात्र रोकिएको हो, अरु जीवनमा केही परिवर्तन भएको छैन । त्यसैले उनीहरुलाई आफ्नो इच्छाअनुसारको आनन्दका साथ जीवन बिताउन सक्छन् ।

डा. मीना प्रधान प्रजनन् स्वास्थ्य मेनोपज रजोनिवृत्ति
डा. मीना प्रधान
लेखक
डा. मीना प्रधान
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

डा. प्रधान प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको  बसुन्धारास्थित कान्तिपुर डेन्टल अस्पतालमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छन् । प्रधानको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ६९५६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली