+

शिशुलाई फर्मूला दूध खुवाउन हुन्छ ? 

२०८० चैत  ७ गते १४:१५ २०८० चैत ७ गते १४:१५
शिशुलाई फर्मूला दूध खुवाउन हुन्छ ? 

शिशुलाई दिइने डिब्बाबन्द फर्मूला दूध अहिले व्यापक प्रचलनमा छ । अष्ट्रेलियामा त एक तिहाई बढी शिशुलाई यही दूध खुवाइरहेको तथ्यांक छ । फर्मूला दूधका लागि वैश्विक स्तरमा आमाबुवाले करोडौं डलर खर्च गरिरहेका छन् ।

यद्यपि कतिपयले यसमा चिन्ता गरेका छन् । खासगरी यसको पोषण सामग्री र त्यसले बच्चाको स्वास्थ्यमा पार्नसक्ने सम्भावित समस्याले एक किसिमको डर पैदा गरिदिएको छ ।

खासमा यो दूध के हो ? गाईवस्तुको तुलनामा यो कति फरक छ ? कसरी विश्वभर यसको लोकप्रियता बढ्यो ? के यो स्वस्थ छ ?

शिशुलाई यस्तो दूध वैकल्पिक पेयको रुपमा खुवाउने गरिएको छ । अन्य ठोस पदार्थ सुरु गर्नुअघि यही दूध नै शिशुलाई सम्पूर्ण आहारको रुपमा खुवाउने गरिएको छ । कतिपय अवस्थामा आमाको दूध नआउने वा शिशुले खान नसक्ने हुन्छ । त्यस्तो अवस्थामा वैकल्पिक आहारको रुपमा फर्मूला दूध खुवाउने गरिन्छ ।

फर्मूला दूधमा केही भिटामिन र पोषक तत्व हुन्छ, जुन शिशुले स्तनपान गर्दा पाउने गर्छन् । यसमा पनि आमाको दूधमा जस्तै प्रोटिन, चिनी, चिल्लो र भिटामिनको मिश्रण गरिएको हुन्छ । यस्तो पेय घरमै तयार गर्न भने सकिंदैन ।

दूध नआउने अवस्थामा मात्र होइन, कार्य व्यस्तताका कारण उचित समयमा आफ्ना शिशुलाई स्तनपाान गराउन नपाउनेहरुले पनि यसलाई विकल्पको रुपमा अपनाउने गर्छन् । किनभने यस्तो दूध दिनका लागि आमाको जरुरी हुँदैन । एक हिसाबले यो सजिलो विकल्प हो ।

त्यस्तै यात्राका क्रममा सार्वजनिक स्थानमा आफ्नो शिशुलाई स्तनपान गराउन कतिपयले असहज मान्छन् । उनीहरुका लागि पनि फर्मूला दूध उपयोगी देखिएको छ । फर्मूला दूध पचाउन आमाको दूधको तुलनामा बढी समय लाग्छ । त्यसैले एक पटक दूध दिएपछि लामो समयसम्म शिशुलाई स्तनपान गराउनु पर्दैन ।

यद्यपि कतिपयले भने फर्मूला दूध उचित नहुने तर्क गरेका छन् । शिशुले पेय वा खानका लागि अरु कुरा पाएका छन् भने दूध सकेसम्म नखुवाउन विज्ञहरुको सुझाव छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) र अष्ट्रेलियाका राष्ट्रिय स्वास्थ्य र चिकित्सा अनुसन्धान परिषदसहित वैश्विक स्वास्थ्य प्राधिकरणले स्वस्थ बच्चाको लागि दूध सिफारिस गर्दैन ।

जबकि यस दूध उत्पादकले व्यापक रुपमा बजार प्रवर्द्धन गरेका छन् र त्यसको सर्वत्र प्रभाव छ । विज्ञापनमार्फत आमाबुवालाई के भनिएको छ भने यो दूध स्वस्थ्यवर्द्धक छ र यसले अतिरिक्त पोषक दिलाउँछ । शिशुको शारीरिक वृद्धि, मस्तिष्कको कार्यक्षमता र प्रतिरक्षा प्रणालीका लागि पनि यो लाभयदायक रहेको भन्दै विज्ञापन गरिएको छ ।

तर आमाको दूध छुटाएर वा अन्य खानेकुराको विकल्पमा यो दूध खुवाउँदा शिशुको स्वास्थ्यमा असर पर्ने देखिएको कतिपयको तर्क छ । स्वादको हिसाबले यो मीठो हुन्छ र चपाएर खानुपर्दैन । त्यसैले शिशुहरुलाई त यो खान सहज हुने नै भयो । तर यसको बानी परेपछि बच्चाले अरु खानेकुरामा रुचि राख्न छाड्छन् । नतिजा, अन्य खानेकुराबाट पाउने ऊर्जा र पोषक तत्व यसले विस्थापित गर्नसक्छ ।

‘फर्मूला दूधको विज्ञापनले आमाबुवालाई त लोभ्याएको छ, तर यसले शिशुको स्वास्थ्यमा खेलबाड गर्न सक्छ,’ उनीहरुको भनाइ छ । त्यही कारण स्वास्थ्य अधिकारीहरुले जन्मदेखि तीन वर्षसम्मका शिशुलाई यस्तो दूध नखुवाउन सचेत गराएका छन् ।

यसमा आमाबुवाको खास दोष नहुन सक्छ । किनभने उनीहरु त आफ्ना शिशुलाई थप पोषिलो आहार खुवाउन चाहेका हुन्छन् । अतः फर्मूला दूधको विज्ञापनले उनीहरुलाई सहजै आकर्षित गर्नसक्छ । तर आमाको स्तनपान गराउनुपर्ने झन्झटले वा छिटो–छरितो हुने सोचले आफ्नो शिशुलाई डिब्बाबन्द फर्मूला दूध खुवाउनु भने राम्रो होइन । यसले आमाको दूध जस्तो सम्पूर्ण पोषण त प्राप्त हुँदैन नै शिशुको स्वास्थ्यमा पनि असर गर्न सक्छ ।

माइउपचार डटकमबाट

फर्मूला दूध शिशु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै