+

शिशुलाई फर्मूला दूध खुवाउन हुन्छ ? 

२०८० चैत  ७ गते १४:१५ २०८० चैत ७ गते १४:१५
शिशुलाई फर्मूला दूध खुवाउन हुन्छ ? 

शिशुलाई दिइने डिब्बाबन्द फर्मूला दूध अहिले व्यापक प्रचलनमा छ । अष्ट्रेलियामा त एक तिहाई बढी शिशुलाई यही दूध खुवाइरहेको तथ्यांक छ । फर्मूला दूधका लागि वैश्विक स्तरमा आमाबुवाले करोडौं डलर खर्च गरिरहेका छन् ।

यद्यपि कतिपयले यसमा चिन्ता गरेका छन् । खासगरी यसको पोषण सामग्री र त्यसले बच्चाको स्वास्थ्यमा पार्नसक्ने सम्भावित समस्याले एक किसिमको डर पैदा गरिदिएको छ ।

खासमा यो दूध के हो ? गाईवस्तुको तुलनामा यो कति फरक छ ? कसरी विश्वभर यसको लोकप्रियता बढ्यो ? के यो स्वस्थ छ ?

शिशुलाई यस्तो दूध वैकल्पिक पेयको रुपमा खुवाउने गरिएको छ । अन्य ठोस पदार्थ सुरु गर्नुअघि यही दूध नै शिशुलाई सम्पूर्ण आहारको रुपमा खुवाउने गरिएको छ । कतिपय अवस्थामा आमाको दूध नआउने वा शिशुले खान नसक्ने हुन्छ । त्यस्तो अवस्थामा वैकल्पिक आहारको रुपमा फर्मूला दूध खुवाउने गरिन्छ ।

फर्मूला दूधमा केही भिटामिन र पोषक तत्व हुन्छ, जुन शिशुले स्तनपान गर्दा पाउने गर्छन् । यसमा पनि आमाको दूधमा जस्तै प्रोटिन, चिनी, चिल्लो र भिटामिनको मिश्रण गरिएको हुन्छ । यस्तो पेय घरमै तयार गर्न भने सकिंदैन ।

दूध नआउने अवस्थामा मात्र होइन, कार्य व्यस्तताका कारण उचित समयमा आफ्ना शिशुलाई स्तनपाान गराउन नपाउनेहरुले पनि यसलाई विकल्पको रुपमा अपनाउने गर्छन् । किनभने यस्तो दूध दिनका लागि आमाको जरुरी हुँदैन । एक हिसाबले यो सजिलो विकल्प हो ।

त्यस्तै यात्राका क्रममा सार्वजनिक स्थानमा आफ्नो शिशुलाई स्तनपान गराउन कतिपयले असहज मान्छन् । उनीहरुका लागि पनि फर्मूला दूध उपयोगी देखिएको छ । फर्मूला दूध पचाउन आमाको दूधको तुलनामा बढी समय लाग्छ । त्यसैले एक पटक दूध दिएपछि लामो समयसम्म शिशुलाई स्तनपान गराउनु पर्दैन ।

यद्यपि कतिपयले भने फर्मूला दूध उचित नहुने तर्क गरेका छन् । शिशुले पेय वा खानका लागि अरु कुरा पाएका छन् भने दूध सकेसम्म नखुवाउन विज्ञहरुको सुझाव छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) र अष्ट्रेलियाका राष्ट्रिय स्वास्थ्य र चिकित्सा अनुसन्धान परिषदसहित वैश्विक स्वास्थ्य प्राधिकरणले स्वस्थ बच्चाको लागि दूध सिफारिस गर्दैन ।

जबकि यस दूध उत्पादकले व्यापक रुपमा बजार प्रवर्द्धन गरेका छन् र त्यसको सर्वत्र प्रभाव छ । विज्ञापनमार्फत आमाबुवालाई के भनिएको छ भने यो दूध स्वस्थ्यवर्द्धक छ र यसले अतिरिक्त पोषक दिलाउँछ । शिशुको शारीरिक वृद्धि, मस्तिष्कको कार्यक्षमता र प्रतिरक्षा प्रणालीका लागि पनि यो लाभयदायक रहेको भन्दै विज्ञापन गरिएको छ ।

तर आमाको दूध छुटाएर वा अन्य खानेकुराको विकल्पमा यो दूध खुवाउँदा शिशुको स्वास्थ्यमा असर पर्ने देखिएको कतिपयको तर्क छ । स्वादको हिसाबले यो मीठो हुन्छ र चपाएर खानुपर्दैन । त्यसैले शिशुहरुलाई त यो खान सहज हुने नै भयो । तर यसको बानी परेपछि बच्चाले अरु खानेकुरामा रुचि राख्न छाड्छन् । नतिजा, अन्य खानेकुराबाट पाउने ऊर्जा र पोषक तत्व यसले विस्थापित गर्नसक्छ ।

‘फर्मूला दूधको विज्ञापनले आमाबुवालाई त लोभ्याएको छ, तर यसले शिशुको स्वास्थ्यमा खेलबाड गर्न सक्छ,’ उनीहरुको भनाइ छ । त्यही कारण स्वास्थ्य अधिकारीहरुले जन्मदेखि तीन वर्षसम्मका शिशुलाई यस्तो दूध नखुवाउन सचेत गराएका छन् ।

यसमा आमाबुवाको खास दोष नहुन सक्छ । किनभने उनीहरु त आफ्ना शिशुलाई थप पोषिलो आहार खुवाउन चाहेका हुन्छन् । अतः फर्मूला दूधको विज्ञापनले उनीहरुलाई सहजै आकर्षित गर्नसक्छ । तर आमाको स्तनपान गराउनुपर्ने झन्झटले वा छिटो–छरितो हुने सोचले आफ्नो शिशुलाई डिब्बाबन्द फर्मूला दूध खुवाउनु भने राम्रो होइन । यसले आमाको दूध जस्तो सम्पूर्ण पोषण त प्राप्त हुँदैन नै शिशुको स्वास्थ्यमा पनि असर गर्न सक्छ ।

माइउपचार डटकमबाट

फर्मूला दूध शिशु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय