+
+

ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १८:१८

७ चैत, काठमाडौं । ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी गरिएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले २४ घण्टा ठमेल र दरबारमार्ग खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौंले यसको तयारी गरेको हो । ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुल्ला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना समेत बनाउन सुरु गरेको छ ।

‘आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष (बैशाख १) भित्रै खुला हुन्छ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गछौं ।’

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सैं घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल दुबै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?