+
+

प्रधानमन्त्री नै संसदीय छानबिन समिति बनाउन चाहँदैनन् : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १२:५७

३ जेठ, काठमाडौं । सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन गृहमन्त्री रवि लामिछाने सकारात्मक हुँदा पनि प्रधानमन्त्रीले नै समिति गठन नगरेको नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ ।

ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्न राखिएको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष माधव नेपालले सहकारी ठगीसम्बन्धी छानबिन गर्ने कुरामा गृहमन्त्री सकारात्मक नै भएको पाएको बताए ।

‘मैले डिटेलमा कुरा गर्न पाएको छैन । तर, सुनेसम्म स्वयं रवि लामिछानेजी पनि गठन (छानबिन समिति) गरौं न त, गठन गर्ने कुरामा कुनै आपत्ति छैन भन्दै हुनुहुन्छ,’ नेपालले भने, ‘उहाँको भूमिका यसमा सुन्दाखेरि पोजेटिभ नै पाइराखेको छु, छानबिन गरौं । म दोषी छैन, कुनै प्रमाण छ भन देखाऊन्, सक्कली प्रमाण हुनुपर्‍यो भनेर उहाँले मै भएको ठाउँमा पनि प्रधानमन्त्रीसँगसँगै भन्दै हुनुहुन्थ्यो ।’

नेपालले अगाडि भने, ‘उहाँले त्यस्तो दाबी गरिरहेको अवस्थामा, त्यसका निम्ति पनि छानबिनका लागि तयार भएको अवस्थामा किन छानबिन कमिटी गठन हुन सकिरहेको छैन, त्यो बुझ्न पाएको छैन । प्रधानमन्त्रीज्यूसँग बेग्लै भेटघाट हुन पाएको छन ।’

गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । तर, समिति गठनकै विषयलाई लिएर सदन अवरुद्ध हुन नहुने नेपालले बताए ।

पार्टीको आठौं बैठकले समेत सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन माग गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचारप्रसार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?