+

निद्राको कमीले भोक बढाउँछ ?

२०८१ असार  ११ गते ११:२० २०८१ असार ११ गते ११:२०
निद्राको कमीले भोक बढाउँछ ?

भरपेट खाना खाएको केही समयमै कतिपय व्यक्तिलाई भोक लाग्छ । फलस्वरुप छिनछिनमा भोक लाग्दा धेरै खाना खाइन्छ । जसले मोटोपनलगायत अन्य थुप्रै स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

यसरी खानेकुराको तलतल लागिरहनुको एउटा कारण पर्याप्त निद्रा नपुग्नु पनि हो । निद्राको कमीले खानेकुराको असामान्य तलतल अर्थात् फूड केविङ निम्त्याउन सक्छ । निद्राको कमी हुँदा ग्रेह्लीन र लेप्टिन जस्ता हर्मोनमा बाधा पुग्छ । जसकारण ग्रेह्लीन हर्मोन बढाउँछ र छिनछनमा भोक लाग्ने गर्छ । यसले भोक बढाएर उच्च क्यालोरी र चिनीयुक्त खानेकुराको तलतल लगाउँछ ।

निद्राको कमीले लेप्टिन हर्मोन घटाउँछ, जसलाई भोकलाई दबाउने हर्मोन पनि भनिन्छ । त्यसैले शरीरमा यसको कमीले मानिस सन्तुष्ट हुन सक्दैन र खाना खाएपछि पनि भोक लागिरहन्छ । यसबाहेक निद्राको कमीले मानिसमा तनावको स्तर पनि बढाउन सक्छ, जसले कार्बोहाइड्रेटयुक्त तथा गुलियो खानेकुराको तलतल बढाउँछ ।

निद्राको कमीले किन खानेकुराको तलतल लगाउँछ ?  

निद्राको कमीले मस्तिष्कको रिर्वाड सिस्टमलाई असर पार्छ । जसकारण व्यक्तिलाई थप स्वादिष्ट खानेकुरा खाने इच्छा बढाउँछ । यस्तो अवस्थामा उच्च क्यालोरी र मिठाई खान मन लाग्छ । त्यस्तै तनावको कारण शरीरमा उच्च कोर्टिसोलको कारण अझ बढी खानेकुराको तलतल लाग्छ ।

निद्रालाई कसरी सुधार गर्ने ?

पर्याप्त र गुणस्तरीय निद्राका लागि सुत्ने समयतालिका बनाउनुपर्छ । हरेक दिन एकै समयमा सुत्ने र उठ्ने प्रयास गर्नुपर्छ र सकेसम्म पूरा निद्रा सुत्नुपर्छ ।

सुत्नुअघि दिमाग शान्त गरेर सुत्नुपर्छ । यसका लागि दैनिक मेडिटेसन गर्ने, तातो पानीले नुहाउने, हर्बल पेयपदार्थ दैनिक जीवनमा समावेश गर्नुपर्छ । सुत्नुअघि निद्रालाई बाधा नपुर्‍याउन बत्ती निभाउनुपर्छ ।

सुत्नुअघि इलेक्ट्रोनिक ग्याजेट अर्थात् मोबाइल प्रयोग नगर्ने, किनकि मोबाइलबाट निस्कने निलो प्रकाशले मेलाटोनिन उत्पादनमा अवरोध गर्न सक्छ ।

सुत्नुअघि हेभी खानेकुरा, क्याफिन र निकोटिनको सेवन गर्नुहुँदैन । यसले पनि निद्रालाई गडबड गर्न सक्छ । त्यसैले सुत्नुअघि भोक लागेमा हल्का पचाउन सजिलो खानेकुरा खाएर मात्र सुत्नुपर्छ ।

त्यस्तै सकेसम्म दिउँसो सुत्नु हुँदैन । यदि धेरै निद्रा लागेमा ३० मिनेटसम्म सुत्न सकिन्छ । धेरै खाना खाइसकेपछि खानाको तलतल लाग्छ । यस्तो अवस्थामा पर्याप्त निद्रा लिने सन्तुलित आहार खाने गर्नुपर्छ ।

एजेन्सीको सहयोगमा

खानेकुरा निद्रा भोक स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा

ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

छाला चिलाउने मुख्य ६ कारण, चिलाउने समस्या रोक्न तत्काल के गर्ने ?

छाला चिलाउने मुख्य ६ कारण, चिलाउने समस्या रोक्न तत्काल के गर्ने ?

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’