+
+
Shares

अटो शोमा सुरुवाती मूल्यभन्दा २ लाख कममा ‘लिपमोटर सी १०’ पाइने

लिपमोटर सी १० को अधिकतम खुद्रा मूल्य (एमआरपी) ७२ लाख रुपैयाँ भए पनि अटो सोमा सो गाडी खरिद गर्ने ग्राहकलाई ६९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने कम्पनीको भनाइ छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते १८:५३

काठमाडौं । साङ्ग्रिला मोटर्स प्राइभेट लिमिटेडले लिपमोटर सी १० सार्वजनिक गरेको छ । कम्पनीका अनुसार लिपमोटर सी १० नेपाल र युरोपमा एकै साथ सार्वजनिक भएको हो ।

नेपालको बढ्दो विद्युतीय गतिशीलतालाई मध्य नजर राखेर लिपमोटर सी १० सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।

लिपमोटर सी १० को अधिकतम खुद्रा मूल्य (एमआरपी) ७२ लाख रुपैयाँ भए पनि अटो शोमा सो गाडी खरिद गर्ने ग्राहकलाई ६७ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने कम्पनीको भनाइ छ । तर, यो गाडीको सुरुवाती मूल्य ६९ लाख ९९ हजार रुपैयाँ हो ।

यो गाडीमा स्टार एनक्याप सुरक्षा रेटिङ, ६९.९ किलोवाट ब्याट्री क्षमता, १६० किलोवाट पावर र ३२० एनएम टर्क, ४२० किमी रेन्ज र १९० मिमी ग्राउन्ड क्लियरेन्स फिचरहरू रहेका छन् ।

कम्पनीका अनुसार काठमाडौं, विर्तामोड, वीरगञ्ज, विराटनगर, नारायणगढ, पोखरा सहितका सहरमा उपलब्ध हुनेछ भने भविष्यमा थप सहरमा बजार विस्तार गर्ने योजना रहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?