+

छाला रोग विशेषज्ञहरूको संस्था सोसाइटी अफ डर्माटोलोजिस्टको अध्यक्षमा डा. मनिषा सिंह

२०८१ चैत  १७ गते १९:१२ २०८१ चैत १७ गते १९:१२
छाला रोग विशेषज्ञहरूको संस्था सोसाइटी अफ डर्माटोलोजिस्टको अध्यक्षमा डा. मनिषा सिंह

१७ चैत, काठमाडौं । छाला रोग विशेषज्ञहरुको संस्था सोसाइटी अफ डर्माटोलोजिस्ट, भेनेरोलोजिस्ट एण्ड लेप्रोलोजिस्ट अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ ।

शुक्रबार काठमाडौंमा सम्पन्न १९ औं राष्ट्रिय सम्मेलनको बैठकले डा.मनिषा सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा प्रा.डा.दिपतारा पाठक थापा, महासचिवमा डा.अदिती मिश्र, संयुक्त सचिवमा डा.मोहन भुसाल, कोषाध्यक्ष डा.सूचना मराठा र सम्पादक प्रमुखमा डा.विकास पौडेल चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा डा.रुपक घिमिरे, डा. रामज्ञान यादव, डा. प्रिया भुसाल र डा. अमृता श्रेष्ठ चुनिएकी छिन् ।

उक्त सम्मेलनमा नयाँ कार्यसमितिको गठनसँगै दीर्घ छाला रोग, दुलर्भ छाला रोग, कुष्ठ रोग र यौन रोग सम्बन्धी १०० भन्दा बढी शोधपत्रको प्रस्तुती समेत भएको थियो ।

नेपाल, भारत, बेलायत, अमेरिका र म्यानम्यार लगायत स्वदेशी तथा विदेशी ८० विशेषज्ञ र ३०० बढी स्वदेशी तथा विदेशीहरूको सहभागिता थियो ।

डर्माटोलोजी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय