+

टुसा उम्रिएको आलु, प्याज खानु स्वास्थ्यका लागि फाइदा कि हानि ?

२०८२ जेठ  २२ गते ११:३५ २०८२ जेठ २२ गते ११:३५
Shares
टुसा उम्रिएको आलु, प्याज खानु स्वास्थ्यका लागि फाइदा कि हानि ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आलु र प्याजको टुसा उम्रिएमा विषाक्तता र गुणस्तरमा कमी आउँछ, विशेषगरी आलुमा सोलानिनको मात्रा बढ्ने खतरा हुन्छ।
  • आलुमा टुसा र हरियो भाग काटेर खान सकिन्छ, तर धेरै टुसा भएमा नखानु उचित हुन्छ, प्याजमा भने टुसा हटाएर प्रयोग गर्न सकिन्छ।
  • सामान्यतया, आलु र प्याजको टुसा उम्रिएको अवस्थामा खानु हुँदैन, विशेष गरी आलुमा विषाक्त पदार्थहरूको जोखिम हुन्छ।

टुसा उम्रिएका गेडागुडी अन्न स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ भन्ने कुरा धेरै सुनिन्छ । गेडागुडीलाई टुसा उमारेर खाँदा त्यसमा प्रोटिनको मात्रा धेरै बढ्ने पोषणविद्हरू बताउँछन् ।

गेडागुडी जस्तै आलु र प्याज जस्ता तरकारीहरूमा टुसा उम्रिएमा त्यो कत्तिको फाइदाजनक हुन्छ त ?

हाम्रो भान्सामा हतपति नटुट्ने तरकारी हुन्, आजु र प्याज । उम्रिएका आलु र प्याज भएमा हामीले हामी उम्रिएको भाग काटेर फ्याँक्छौँ त्यसपछि बाँकी रहेका भाग पकाउँछौ।

टुसा उम्रिएको आलु र प्याज खाने कि नखाने भन्ने द्विविधा धेरैलाई हुन्छ ।

टुसा उम्रिएको आलु खान हुन्छ कि हुँदैन ?

टुसा उम्रिएको आलु र प्याज खानुहुँदैन भन्ने कुरा विशेषगरी आलुसँग सम्बन्धित छ, किनभने टुसा उम्रिएको आलुमा विषाक्त पदार्थहरू उत्पादन हुन्छन्, जुन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । प्याजको हकमा भने टुसा उम्रिनु सामान्यतया कम खतरनाक हुन्छ, तर यसको गुणस्तर र स्वादमा कमी आउँछ ।

खान नहुने कारण

आलुमा टुसा उम्रिँदा सोलानिन र चाकोनिन  जस्ता विषाक्त रासायनिक यौगिकहरूको मात्रा बढ्छ । यी यौगिकहरू आलुलाई कीटाणु र रोगहरूबाट बचाउन प्राकृतिक रूपमा उत्पादन हुन्छन्, तर मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।

विषाक्तता 

सोलानिनको अत्याधिक मात्राले पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला लाग्ने, टाउको दुख्ने र गम्भीर अवस्थामा बेहोस हुने वा स्नायु प्रणालीमा असर पार्न सक्छ ।

आलुमा टुसा उम्रिँदा वा हरियो रङ देखा पर्दा सोलानिनको मात्रा बढी हुन्छ । हरियो भागमा यो रसायनको मात्रा विशेष रूपमा उच्च हुन्छ । बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई यस्ता आलु खाँदा बढी जोखिम हुन्छ ।

सामान्यतया, सानो मात्रामा टुसा भएको आलुलाई टुसा र हरियो भाग हटाएर खान सकिन्छ किनभने सोलानिन मुख्य रूपमा टुसा र हरियो भागमा केन्द्रित हुन्छ । तर यदि आलु धेरै टुसा उम्रिएको छ वा पुरै हरियो भएको छ भने त्यसलाई खानु हुँदैन ।

विषाक्तताबाट कसरी जोगिने ?

यदि सानो मात्रामा टुसा उम्रिएको छ भने, टुसा र हरियो भाग राम्ररी काटेर फाल्ने । बाँकी भाग खान सकिन्छ, तर राम्ररी पकाउनुपर्छ । आलुलाई चिसो, सुख्खा र अँध्यारो ठाउँमा भण्डारण गर्नुपर्छ ता कि टुसा नउम्रियोस ।  सूर्यको प्रकाशले हरियो रङ र सोलानिन उत्पादनलाई बढाउँछ ।

पुरानो आलु नखाने किनभने धेरै पुराना वा चाउरिएको आलुमा पनि सोलानिनको जोखिम बढी हुन्छ ।

टुसा उम्रिएको प्याज खाँदा के हुन्छ ?

प्याजमा टुसा उम्रिनु सामान्य प्रक्रिया हो । यो आलु जस्तो विषाक्त हुँदैन । तथापि, टुसा उम्रिएको प्याज खानु कम उपयुक्त हुने कारणहरू यस्ता छन् ।

टुसा उम्रिँदा प्याजको पोषक तत्त्व र स्वाद टुसा बनाउन प्रयोग हुन्छ, जसले गर्दा प्याजको स्वाद कमजोर हुन्छ र बनावट नरम हुन्छ । यस्ता प्याज खानाले खानाको स्वाद बिग्रन सक्छ ।

टुसा उम्रिएको प्याजमा चाम्रोपन बढी हुन्छ, जसले गर्दा कुहिने वा ढुसी लाग्ने सम्भावना हुन्छ । यदि प्याज नरम, गनाउने वा ढुसी लागेको छ भने त्यसलाई खानु हुँदैन ।

टुसा उम्रिँदा प्याजको पौष्टिक तत्त्वहरू कम हुन्छ, किनभने प्याजले आफ्नो ऊर्जा टुसा बनाउन प्रयोग गर्छ ।

कसरी प्रयोग गर्ने ?

यदि प्याजमा सानो टुसा मात्र छ र बाँकी भाग ठिक छ भने, टुसा हटाएर खान सकिन्छ । टुसा आफैंमा पनि खानयोग्य हुन्छ र सलाद वा अन्य परिकारमा सीमित मात्रामा प्रयोग गर्न सकिन्छ । प्याजलाई सुख्खा, हावादार र चिसो ठाउँमा भण्डारण गर्नुपर्छ, जसले गर्दा टुसा उम्रने र कुहिने सम्भावना कम होस् ।

ध्यान दिनुपर्ने कुरा

यदि आलुमा सानो टुसा छ भने, टुसा र हरियो भाग काटेर मात्र खानुपर्छ । साथै लामो समय भण्डारण गरिएको आलु कुहिएको छ कि भनेर जाँच गर्नुपर्छ ।

टुसा उम्रिएको प्याज सामान्यतया खान योग्य हुन्छ, तर गुणस्तर जाँच गर्नुपर्छ ।  यदि कुहिएको वा गनाउने छ भने खान हुँदैन । यदि टुसा उम्रिएको आलु वा प्याज खाएर असहज महसुस गर्नुहुन्छ भने, तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

आलु टुसा प्याज
भूपाल बानियाँ
लेखक
भूपाल बानियाँ
पोषणविद्

बानियाँ हाल वीरेन्द्र प्रहरी अस्पतालमा पोषण विभाग प्रमुखको रुपमा कार्यरत छन् । उनले क्लिनिकल न्यूट्रिसन र पोषणमा बीएस्सी र न्युट्रिसन र डाइटेटिक्समा एमएस्सी गरेका छन् । उनी पोषण तथा आहार विशेषज्ञ संघको अध्यक्षसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

टुसा उम्रिएको आलु, प्याज खानु स्वास्थ्यका लागि फाइदा कि हानि ?

टुसा उम्रिएको आलु, प्याज खानु स्वास्थ्यका लागि फाइदा कि हानि ?

अँध्यारोमा किन हाम्रो आँखाले देख्दैन ?

अँध्यारोमा किन हाम्रो आँखाले देख्दैन ?

राति ड्युटी गर्नेहरूमा देखिन्छन् यस्ता स्वास्थ्य समस्या, के गर्ने ?

राति ड्युटी गर्नेहरूमा देखिन्छन् यस्ता स्वास्थ्य समस्या, के गर्ने ?

ब्रेसेसका लागि सबैभन्दा उपयुक्त समय १२ वर्षको उमेर हो (भिडियो)

ब्रेसेसका लागि सबैभन्दा उपयुक्त समय १२ वर्षको उमेर हो (भिडियो)

किन उठ्छ बिनासित्तिमा रिस ?

किन उठ्छ बिनासित्तिमा रिस ?

चुरोट छाडेको २४ घण्टादेखि ५ वर्षमा शरीरमा के-के परिवर्तन हुन्छ ?

चुरोट छाडेको २४ घण्टादेखि ५ वर्षमा शरीरमा के-के परिवर्तन हुन्छ ?