
News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
- माधवकुमार नेपालको सांसद पद् स्वतः निलम्बनमा परेको छ र सभामुखले बैठकमा पत्र पढेर सुनाउने छन्।
- पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
२२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेसँगै उनको सांसद पद निलम्बनका लागि पत्र संसद् सचिवालय पुगेको छ ।
पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद् स्वतः निलम्बनमा परेको छ ।
संसद् सचिवालयमा दर्ता भएको पत्र सभामुख देवराज घिमिरले प्रतिनिधिसभाको बिहीबारको बैठकमा पढेर सुनाउने छन् ।
अख्तियारले पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
पतञ्जली जग्गा प्रकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4