
News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवागढीमा आएको बाढीले भन्सारमा रहेका मालसामान र सवारीसाधनमा क्षति पुर्याएको छ।
- महानिर्देशक महेश भट्टराईले केही मालवस्तु र संरचनामा क्षति भएको पुष्टि गरे।
- बाढीले नयाँ एकीकृत जाँच चौकी र भन्सार यार्डलाई पनि क्षति पुर्याएको उनले बताए।
२४ असार, काठमाडौं । रसुवागढीमा आएको बाढीका कारण भन्सारमा रहेका मालसामानमा क्षति पुगेको छ । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले एकीन विवरण आइनसके पनि केही मालवस्तु र सवारीसाधनमा क्षति पुगेको जानकारी दिए ।
‘रसुवागढीबाट बर्खाको समयमा कम मालसामान आयात हुने हुनाले धेरै थिएन’ उनले भने ‘तर जति थियो, त्यसमा क्षति पुगेको छ ।’ मितेरी पुललगायत रसुवागढीको भन्सार यार्ड पनि बाढीले बगाएको उनले बताए ।
‘रसुवागढीमा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) बन्दै थियो, त्यो बगाएको छ’ उनले भने । बन्दै गरेको भवनसहित अन्य भौतिक संरचनामा क्षति पुगेको उनले बताए । भन्सारका कर्मचारीहरु भने सुरक्षित छन् ।
रसुवा बाढी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4