+

एइडेन मार्क्रम बने जुन महिनाको ‘आईसीसी प्लेयर अफ द मन्थ’

२०८२ असार  ३० गते १४:०३ २०८२ असार ३० गते १४:०३
एइडेन मार्क्रम बने जुन महिनाको ‘आईसीसी प्लेयर अफ द मन्थ’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण अफ्रिकाका एइडेन मार्क्रमलाई जुन महिनाको \'आईसीसी मेन्स प्लेयर अफ द मन्थ\' घोषित गरिएको छ।
  • मार्क्रमले लर्ड्समा अस्ट्रेलियाविरुद्धको विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा शानदार प्रदर्शन गरेका थिए।
  • दक्षिण अफ्रिकालाई २७ वर्षपछि पहिलो आईसीसी ट्रफी जिताउन भूमिका खेले।

३० असार, काठमाडौ् । दक्षिण अफ्रिकाका एइडेन मार्क्रम जुन महिनाका लागि ‘आईसीसी मेन्स प्लेयर अफ द मन्थ’ घोषित भएका छन् । गत महिना लर्ड्समा भएको अस्ट्रेलियाविरुद्धको विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा उनले शानदार प्रदर्शन गर्दै यो सम्मान जितेका हुन्।

३० वर्षीय मार्क्रमले उक्त खेलमा १३६ रन बनाउनुका साथै दुई महत्वपूर्ण विकेट लिएका थिए। उनको योगदानले दक्षिण अफ्रिकालाई २७ वर्षपछि कुनैपनि सिनियर आईसीसी ट्रफी जिताउन सफल बनाएको थियो।

अवार्ड जितेपछि आईसीसीसँगको कुराकानीमा मार्क्रमले भनेका छन्, ‘यो अवार्ड पाउनु ठूलो सम्मान हो। दक्षिण अफ्रिकालाई पहिलो पटक डब्लुटिसी जिताउन सक्नु मेरो लागि गर्वको कुरा हो। लर्ड्समा फाइनल जित्नु दक्षिण अफ्रिकी क्रिकेटको ऐतिहासिक क्षण हो, जुन हामी सबैले सधैं सम्झिरहनेछौं।’

फाइनलमा मार्क्रमले पहिलो इनिङमा शून्यमा आउट भए पनि बलिङमा महत्वपूर्ण भूमिका खेलेका थिए। उनले अष्ट्रेलियाका सेट ब्याटर स्टिभ स्मिथलाई आउट गरेका थिए । दोस्रो पारीमा भने उनले ब्याटबाट उत्कृष्ट पुनरागमन गरे।

जब दक्षिण अफ्रिका पहिलो पारीमा ७४ रनले पछाडि परेको थियो र अष्ट्रेलियाले अन्तिम विकेटका लागि ५९ रनको साझेदारी जोडेको थियो, त्यही बेला मार्क्रमले हेजलवुडलाई आउट गर्दै पारी टुंग्याए। त्यसपछि ब्याटिङमा उत्रिएर १३६ रनको महत्वपूर्ण इनिङ्स खेलेर दक्षिण अफ्रिकालाई जित दिलाए।

मार्क्रमले टिमका अन्य खेलाडीहरूको योगदानको पनि प्रशंसा गरे। दक्षिण अफ्रिकाले पहिलो पटक आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको हो।

एइडेन मार्क्रम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय