
१५ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय कार्यसमितिको बैठक संरक्षक रेशम चौधरीको तस्वीरसमेत राखेर काठमाडौंमा सुरु भएको छ ।
चौधरी पक्षका नेताहरूले बहिष्कार गरेको यो बैठक दुई दिनसम्म चल्नेछ । बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा अध्यावधिक लगाएत उपनिर्वाचनका विषयमा छलफल हुने नेताहरूले जनाएका छन् ।
बैठकमा केन्द्रीय सदस्यका साथै संघ, प्रदेश र स्थानीय तहमा पार्टीका निर्वाचित प्रतिनिधिहरूको समेत सहभागीता रहेको छ ।
बैठकमा राखिएको ब्यानरमा एकातर्फ अध्यक्ष रञ्जिता श्रेष्ठ र अर्कोतर्फ संरक्षक रेशम चौधरी तस्वीर राखिएको छ ।
यसअघि पार्टीका संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठलाई पार्टीको अध्यक्ष र साधारण सदस्यबाट समेत हटाएर रेशमका बुवा लालबीरलाई अध्यक्ष बनाएको थियो ।
तर निर्वाचन आयोगले उक्त कमिटीलाई मान्यता नदिएपछि रञ्जिता श्रेष्ठ नै अध्यक्ष कायम भएका थिए ।
प्रतिक्रिया 4