+
+
Shares

बुङ्गल हाइड्रोपावरको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते ९:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि १७ लाख १ हजार ५ सय कित्ता प्राथमिक सेयर आईपीओमा भदौ १९ गतेसम्म आवेदन खुलाएको छ।
  • कम्पनीको जारी पूँजी ८३ करोडको ३५ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हिमालयन क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ।
  • बझाङमा १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत् आयोजना निर्माण भइरहेको छ र कम्पनीको सञ्चित नोक्सानी ४ करोड १५ लाख रुपैयाँ छ।

१६ भदौ, काठमाडौं । सर्वसाधारणका लागि बुङ्गल हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)मा आज सोमबारदेखि आवेदन खुलेको छ ।

यसअघि आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बाँडफाँट भइसकेको छ । आम सर्वसाधारणका लागि कम्पनीको कुल १७ लाख १ हजार ५ सय कित्ता आईपीओ खुलेको हो । कम्पनीले जारी पूँजी ८३ करोडको ३५ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

अंकित मूल्य १ सयका दरले भदौ १९ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ ।

अनलाइन प्रणाली मेरोसेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आईपीओमा आवेदन दिन सकिने छ ।

हाइड्रोपावर कम्पनी भने नोक्सानीमा छ । आयोजना नै सञ्चालन भइनसकेकाले गत चैत मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ४ करोड १५ लाख रुपैयाँ छ । त्यस्तै प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ १६ पैसा छ ।

कम्पनीले बझाङमा १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । प्रतिमेगावाट लागत २८ करोड २५ लाख रुपैयाँ बराबर छ । अनुमति बहाल रहने अवधि २६ वर्ष १० महिना रहेको छ । केयर रेटिङबाट कम्पनीले बी रेटिङ पाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?