+
+
Shares

छुट जग्गा दर्ता गराउने भन्दै मागेका थिए काभ्रे मालपोतका खरिदारले घुस

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १९:१२

१८ भदौ, काभ्रेपलाञ्चोक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएका खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीले छुट जग्गा दर्ता गराउने भन्दै घुस लिएको खुलेको छ ।

अख्तियारको टोलीले भण्डारीलाई बुधबार बिहान कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।

काभ्रेको साविक दोलालघाट गा.वि.स. वडा नं. ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट जग्गा दर्ता गराउने गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उनले घुस मागेको उजुरी अख्तियारमा परेको थियो ।

सोही उजुरीको आधारमा अख्तियारको टोली बुधबार मालपोत कार्यालय काभ्रेमा छापा मारेको थियो ।

उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग लिएको २ लाख घुस र एउटा मोबाइलसहित मालपोत कार्यालयको परिसरबाट नियन्त्रणमा लिएको हो ।

अख्तियारले पक्राउ गर्दासम्म सामाजिक सञ्जालमा सक्रिय भण्डारीले पक्राउपछी सामाजिक सञ्जाल निस्क्रिय बनाएका छन् भने उनको मोबाइल अख्तियारकै नियन्त्रणमा छ ।

थप अनुसानधानका लागि उनलाई अख्तियारको केन्द्रिय कार्यालय टंगाल लगिएको छ । झापा स्थायी ठेगाना भएका भण्डारीको धुलिखेल–४ मा अस्थायी बसोबास रहेको छ ।

घुस रकम र मोबाइल डिभाइससहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?