
News Summary
Generated by OK AI. Editorially reviewed.- कीर्तिपुरस्थित सिनेप्लेक्स हलले दोस्रो अडिटोरियम संचालनमा ल्याएको छ जसको शुभारम्भ चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले गरे।
- दोस्रो अडिटोरियममा १०१ सिट, बार्को प्रोजेक्टर, पल्सको ७.१ साउन्ड सिस्टम र थ्रीडी प्रविधि जडान गरिएको छ।
- अध्यक्ष डीसीले देशभर १६८ हल सञ्चालनमा रहेको र आर्थिक वर्ष २०८२/८३ भित्र २०० भन्दा बढी पुर्याउने लक्ष्य रहेको बताए।
काठमाडौं । कीर्तिपुरस्थित सिनेप्लेक्स हलले दोस्रो अडिटोरियम सञ्चालनमा ल्याएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले विहिबार यसको शुभारम्भ गरे ।
१०१ सिट क्षमताको दोस्रो अडिटोरियममा बार्को प्रोजेक्टर, पल्सको ७.१ साउन्ड सिस्टम, लक्जरी सिटी, थ्रीडी प्रविधि जडान गरिएको संचालक नरेन्द्र महर्जनले जनाए ।
पहिलो अडिटोरियममा भने २८५ सिट छन् । सर्वसाधारण दर्शकले भने शुक्रबारदेखि दोस्रो अडिटोरियममा फिल्म हेर्न पाउनेछन् ।
सो अवसरमा अध्यक्ष डीसीले देशभर अहिले १६८ हल संचालनमा रहेको जानकारी दिँदै चालु आर्थिक वर्ष २०८२/२०८३ भित्र देशभर हलको संख्या २०० भन्दा बढी पुर्याउने लक्ष्य लिइएको बताए ।
‘पुराना बन्द भएका हललाई पुनः सञ्चालन गर्नेछौँ । सिनेमा हल नभएका जिल्ला वा सहरमा नयाँ हल खोल्न इच्छुकलाई प्रोत्साहन गर्नेछौँ’ उनले भने, ‘विद्यमान हललाई स्तरोन्नती गर्न चाहनेलाई पनि सरकारले विशेष सुविधा उपलब्ध गराउनेछ ।’
फिल्म क्षेत्रलाई सांस्कृतिक मात्र नभई आर्थिक दृष्टिले समेत महत्वपूर्ण मान्दै अध्यक्ष डीसीले अहिले भैरहेको लगानी विस्तारले रोजगारी र स्थानीय पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताए ।
सो अवसरमा हल सञ्चालक तथा चलचित्र संघका अध्यक्षसमेत रहेका महर्जनले ब्यापार मात्र नभएर चलचित्र क्षेत्रको विकासको लागि हल थपेको बताए ।
प्रतिक्रिया 4