
१९ भदौ, काठमाडौं । सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि अमर्यादित अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–३ घर भएका सुमन थापा भनिने प्रेमबहादुर थापा छन् ।
उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले मुलपानीबाट पक्राउ गरेको हो । उनीविरुद्ध अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
उनले सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि सामाजिक सञ्जालमा अमर्यादित अभिव्यक्ति दिएको, समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरेको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4