+
+
Shares

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अधिनायकवादतर्फको संकेत : राप्रपा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १७:२२

१९ भदौ, काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अधिनायकवादतर्फ अघि बढ्ने खतरा रहेको टिप्पणी गरेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सरकारले आफ्नो असफलताबाट सिर्जित परिस्थिति जबरजस्ती जनतामाथि थोपरेर नालायकीपन देखाएको बताए ।

‘नियमन गर्नुपर्ने विषयहरु नियमन गरिनैपर्छ, सार्थक संवादबाट समाधान खोज्न नसक्नु चाहिँ सरकारको असफलता हो,’ दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयबारे श्रेष्ठले भने, ‘आफ्नो असफलताबाट सिर्जित परिस्थितिलाई जबरजस्ती जनतामाथि थोपर्नु नालायिकी हो । बहाना खोजिरहेको सरकार सामाजिक सञ्जाल नै बन्द गरेर अधिनायकवादतर्फ अघि बढ्ने खतरा देखिएको छ । सजग बनौं ।’

सरकारले आजैबाट क्रमश: लागू हुनेगरी सूचीकृत नभएका सामाजिक सञ्जालमाथि रोक लगाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?