+
+
Shares

सूचीकृत भएका ५ वटा सामाजिक सञ्जालहरू कसरी चलाउने ?

टिकटक र भाइबर नेपालीले प्रयोग गरिरहनेमध्येका प्ल्याटफर्म भए पनि निम्बज, विटक र पोपोलाइभबारे भने धेरैलाई थाहा नहुन सक्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते २१:०६

१९ भदौ, काठमाडौं । सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल प्ल्याटफर्महरू चल्नबाट रोक लगाउने निर्णयसँगै यतिबेला यसका पक्ष र विपक्षमा विभिन्न बहस भइरहेका छन् ।

कतिपयले सरकारको यो कदमलाई ठिक भनिरहेका छन् भने कतिपयले भने चर्को विरोध गरिरहेका छन् । यसैबीच नेपालीहरूले दैनिक प्रयोग गर्दै आइरहेको फेसबुक, युट्युब, ह्वाट्सएप लगायतका प्ल्याटफर्ममा बढी चासो देखिन्छ ।

सरकारले दिएको विवरण अनुसार, पाँच वटा सामाजिक सञ्जाल भने यसअघि नै सूचीकृत भइसकेका छन् । टिकटक, भाइबर, निम्बज, विटक र पोपोलाइभ भने नेपालमा नियमित चल्नेछन् ।

टिकटक र भाइबर नेपालीले प्रयोग गरिरहनेमध्येका प्ल्याटफर्म भए पनि निम्बज, विटक र पोपोलाइभबारे भने धेरैलाई थाहा नहुन सक्छ ।

जसलाई हामीले यहाँ सरल तरिकाबाट प्रस्तुत गरेका छौं :

टिकटक

टिकटक भनेको छोटो भिडिओ पोस्ट गर्ने एउटा प्ल्याटफर्म हो । यसमा अचेल फोटो मात्र पनि पोस्ट गर्न मिल्न । टिकटक एप अथवा वेबमार्फत चलाउन सकिन्छ ।

यसको इन्टरफेस निकै सामान्य छ । एप खोल्ना साथ तपाईं ’फोर यु पेज’ मा जानुहुन्छ । जहाँ केही मिनेटसम्मका भिडिओ अथवा केही फोटोहरू आउन सक्छ । यो चलाउने प्रक्रिया तल दिइएको छ:

सबैभन्दा सुरुमा एप स्टोर (आईफोन प्रयोगकर्ता) र गुगल प्ले स्टोर (एन्ड्रोइड) बाट टिकटक डाउनलोड गर्नुहोस् ।

त्यसपछि त्यहाँ अकाउन्ट साइनअप अथवा लगइन गर्ने विकल्प आउँछ । साइनअप गर्न नम्बर, इमेल अथवा अन्य सामाजिक सञ्जाल प्रयोग गर्नुस् । त्यसपछि आफ्नो युजरनेम र प्रोफाइल पिक्चर राख्नुस् ।

आफ्नोबारेमा केही बायो पनि राख्नुस् । र, आफूलाई रुचि भएका विभिन्न विषय छान्नुस् । यसपछि अकाउन्ट खुल्छ । टिकटक चलाउँदा निम्न कुरा थाहा पाउनुपर्ने हुन्छ ।

फोर यू पेज (एफवाईपी): यो भनेको एप खोल्न साथ आउने फिड हो । यसमा टिकटकको एल्गोरिदमले तपाईंको रुचि अनुसारका कन्टेन्ट दिने गर्छ ।

फलोइङ: यसमा तपाईंले फलो गरेका अकाउन्टहरूको मात्र कन्टेन्ट गर्न सक्नुहुन्छ ।

फ्रेन्ड्स: यसमा तपाईं र तपाईंको साथीले एकअर्कालाई फलो गर्नु भएपछि कन्टेन्ट देखिन्छ ।

सर्च: यसमा तपाईंले आफ्नो साथी अथवा कुनै विषय पनि सर्च गर्न सक्नुहुन्छ ।

इनबक्स: यसमा तपाईंले आफूलाई आएका मेसेजहरू हेर्न सक्नुहुन्छ ।

प्रोफाइल: यसमा तपाईंले गरेका पोस्ट, आफ्नो ड्राफ्ट अथवा लाइक गर्नुभएको भिडियो हेर्न सक्नुहुन्छ ।

भाइबर

भाइबर एउटा कल अथवा मेसेज गर्ने नि:शुल्क प्लेटफर्म हो । यो एउटा ह्वाट्सएपको विकल्प पनि हो । यो चलाउन तपाईंलाई मोबाइल नम्बर चाहिन्छ । यो चलाउने प्रक्रिया तल दिइएको छ :

सबैभन्दा पहिले एप स्टोर अथवा एप्पल एप स्टोरबाट भाइबरको एप डाउनलोड गर्नुहोस् ।

आफ्नो फोन नम्बर राख्नुहोस् । भेरिफिकेसनका लागि भाइबरले तपाईंलाई एसएमएसमा कोड आउँछ । त्यो राख्नुहोस् ।

त्यसपछि आफ्नो फोटो र नाम राख्नुहोस् ।

यति गर्नु भएपछि तपाईंले आफ्नो कन्ट्याक्टमा सेभ गर्नु भएका व्यक्ति, जो भाइबर चलाउँछन्, उनीहरूसँग टेक्स्टमा कुरा गर्न, फोन गर्न अथवा भिडिओ कल पठाउन सक्नुहुन्छ । ह्वाट्सएप चलाइरहनुभएको छ भने तपाईं सजिलै यो एप चलाउन सक्नुहुन्छ ।

निम्बज

निम्बज पनि एक प्रकारको मेसेजिङ एप हो । यसमार्फत च्याट गर्न, अडियो कल गर्न अथवा फाइलहरू आदानप्रदान गर्न सकिन्छ । यो चलाउन तलको प्रक्रिया अपनाउनु सक्नुहुनेछ:

गुगल प्ले स्टोर अथवा एप स्टोरमार्फत निम्बज डाउनलोड गर्नुहोस् ।

अब एप खोल्नुहुँदा तपाईंले क्रियट न्यू अकाउन्ट देख्नुहुन्छ । यसमा आफ्नो फोन नम्बर वा इमेल प्रयोग गरेर अकाउन्ट बनाउन सक्नुहुन्छ।

त्यसपछि आवश्यक विवरणहरू (जस्तै: नाम, पासवर्ड, आदि) भरेर क्रियट बटनमा ट्याप गर्नुहोस्। त्यसपछि तपाईंले दिनुभएको फोन नम्बर वा इमेलमा एउटा भेरिफिकेसन कोड आउँछ ।

त्यो राखेर अकाउन्ट भेरिफाई गर्नुभएपछि अकाउन्ट खुल्छ । निम्बज चलाउँदा निम्न कुरा थाहा पाउनुपर्ने हुन्छ ।

च्याट: यसमा तपाईंले आफ्नो साथीहरूसँग च्याट गर्न सक्नुहुन्छ ।

च्याटरुम्स: यसमा अन्य प्रयोगकर्ताहरूसँग च्याट गर्न सक्नुहुन्छ ।

सोसल मिडिया जोन: यसमा अन्य (आफूले समेत)ले सेयर गरेका स्टोरी, फोटो, भिडिओ हेर्न सक्नुहुन्छ । यसका साथै लाइभ स्ट्रिम अथवा भर्चुअल गिफ्ट समेत पाउन सक्नुहुन्छ ।

वीटोक

वीटोक नेपालमै बनेको नयाँ भिडियो–साझेदारी गर्ने एप हो। यसमा तपाईं आफ्नो कला, प्रतिभा, विचार र सिर्जनालाई छोटकरी भिडियोमार्फत साझा गर्न सक्नुहुन्छ। वीटोकले नयाँ पुस्तालाई मनोरञ्जन, सिकाइ र अवसर सँग जोड्छ।

यसका साथै छोटकरी भिडियो बनाउन, अपलोड गर्न र शेयर गर्न सजिलो बनाउँछ ।

यस्तै नृत्य, गीत, अभिनय, कला वा कुनै पनि क्रिएटिभ आइडियालाई प्रस्तुत गर्ने मौका पाउन सक्नुहुन्छ ।

नेपाली युवालाई विश्वसँग जोड्ने डिजिटल प्लेटफर्म हो। यसमा प्रतियोगिता, पुरस्कार र मान–सम्मानका अवसर लिन सक्नुहुन्छ । साथै आफ्ना साथी, परिवार र समाजसँग सिधा सम्पर्कमा रहने माध्यम पनि बनाउन सक्नुहुन्छ ।

वीटोक डाउनलोड गरेर आफ्नै प्रतिभा देखाउनुहोस्, रमाइलो गर्नुहोस् र नयाँ अनुभव प्राप्त गर्नुहोस्।

पोपोलाइभ

पोपोलाइभ एउटा  लाइभ स्ट्रिमिङ प्लेटफर्म हो । यसबाट अरूसँग भिडियो कल गर्न, नयाँ साथीहरू बनाउन र आफ्नो प्रतिभा देखाउन सकिन्छ । यो चलाउन तलको प्रक्रिया अपनाउनुहोुस्:

एप स्टोरमार्फट एप डाउनलोड होस् ।

यसमा तपाईंले आफ्नो फोन नम्बर, इमेल वा अन्य सामाजिक सञ्जाल (जस्तै: गुगल अकाउन्ट) प्रयोग गरेर अकाउन्ट बनाउन सक्नुहुन्छ ।

यसपछि आवश्यक जानकारी (जस्तै: प्रयोगकर्ताको नाम) भर्नुहोस् र तपाईंको अकाउन्ट तयार हुनेछ ।

तर, यसमा लाइभमा जानुअघि केही कुराहरूको आवश्यकता पूरा गर्नुपर्ने हुन्छ । त्यो तह पार गरेपछि लाइभमा जान सक्नुहुन्छ । जहाँ तपाईंले भर्चुअल गिफ्ट पाउन सक्नुहुन्छ । लाइभमा बसेका अन्य प्रयोगकर्ताहरूसँग कुराकानी गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?