
१९ भदौ, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) कुवेरचन्द्र खापुङले नेपाल प्रहरीका बहालवाला र अवकाशप्राप्त प्रहरी कर्मचारीहरूका लागि किरियापुत्री भवन बनाउने निर्णय गरेका छन् ।
कार्यभार सम्हालेसँगै बसेको नीति निर्माण समिति (पीसीसी) को बैठकले यस्तो निर्णय गरेको प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनका अनुसार, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको नाममा रहेको जग्गामा किरिया पुत्री भवन बनाउने निर्णय भएको हो ।
उक्त कार्य प्रदेशस्तरमा पनि विस्तार गर्ने निर्णय भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4