+
+
Shares

एमाले महाधिवेशन उदघाटन स्थलमा कडा सुरक्षा जाँच (तस्वीरहरु)

गेटमा तैनाथ प्रहरीहरुले मेटल डिटेक्टर उपकरणले जाँच गरेर मात्रै भित्र प्रवेश गर्न दिइरहेका छन् । उनीहरुले झोला र शरीर खानतलासी समेत गरेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ मंसिर २७ गते १०:४७

२७ मंसिर, भक्तपुर । एमाले महाधिवेशनमा सहभागी हुन आएकाहरुलाई उदघाटन समारोहस्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ ।

गेटमा तैनाथ प्रहरीहरुले मेटल डिटेक्टर उपकरणले जाँच गरेर मात्रै भित्र प्रवेश गर्न दिइरहेका छन् । उनीहरुले झोला र शरीर खानतलासी समेत गरेका छन् ।

साथै विष्फोटक पदार्थ पत्ता लगाउने उपकरण र विशेष तालिमप्राप्त कुकुरसहितको टोली पनि परिचालन गरिएको छ ।

एमालेको महाधिवेशनको उदघाटन समारोह भक्तपुर सल्लाघारीमा आज मध्याह्न १२ बजेपछि सुरु हुनेछ । त्यसअघि साँस्कृतिक कार्यक्रम सुरु हुने छ । महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट मानिसहरु गाडी रिजर्भ गरेर आएका छन् ।

औपचारिक समारोह सुरु हुनुअघि विभिन्न ठाउँबाट साँस्कृतिक झाँकीसहितको जुलुस निकाल्ने तयारी छ ।

गाडीमा चढेर आएकाहरुलाई गठ्ठाघर, सानोठिमी, जगाती लगायतका स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?