+
+
Shares

जेनजी आन्दोलनमा सरकारी कार्यालय जलाएको आरोपमा पक्राउ परेकाहरू छुट्दा फूलमाला

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते २०:१०

२९ मंसिर, विराटनगर । गत २४ भदौको जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेकाहरू छुट्दा विराटनगरमा फूलमाला र अबिरजात्रा गरिएको छ ।

सोमबार नेपाली कम्युनिस्ट पार्टी निकट विद्यार्थी नेता ताजिम अन्सारीसहित ९ जना आरोपी हाजिरी जमानीमा छुट्दा नेकपाका कार्यकर्ताहरूले फूलमाला र अबिरजात्रा गरेका हुन् ।

सरकारी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको भिडियो सार्वजनिक भएपछि अन्सारी गत १४ मंसिरमा पक्राउ परेका थिए । अनुसन्धान प्रक्रिया पूरा भइसकेका कारण पक्राउ परेकाहरूलाई हाजिरी जमानीमा सोमबार छाडिएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

उनका अनुसार ताजिम अन्सारी, आवाज पौडेल, अरुण साह सोनार, अनिल साह, पंकजकुमार कामत, चन्दन मण्डल, रोशन शर्मा, राजेश यादव र महेश नेपाल हाजिरी जमानीमा छुटेका हुन् ।

प्रहरी स्रोतका अनुसार प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो, तर सरकारी वकिलको कार्यालयले पुनः अनुसन्धान गर्नु भन्दै फाइल प्रहरीमै फिर्ता पठाएपछि आरोपीहरू छुटेका हुन् ।

प्रहरी स्रोतका अनुसार, अन्सारीसहितको समूहलाई पूर्वसामान्य प्रशासनमन्त्री अमनलाल मोदीसहितका नेकपा नेताहरूले जिम्मा लिएर छुटाएका हुन् । अमनलाल मोदी मन्त्री हुँदा अन्सारी उनका स्वकीय सचिव थिए।

सोमबार हाजिरी जमानीमा छुटेका अन्सारीले आफूहरू जेनजीको पक्षमा उभिँदा झुटा मुद्दा लगाएर फसाउन खोजिएको बताए ।

जेनजी आन्दोलनका क्रममा आगजनी गरेको भिडियो सार्वजनिक भएपछि उनले आफूले सरकारी कार्यालय आगजनी नभई जोगाउने प्रयास गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?