+
+
Shares
एमाले महाधिवेशन :

भृकुटीमण्डपमा व्यंग्यात्मक नारा- ओलीले ईश्वर मागे, ईश्वरले ओली

दुई समूहबीच अहिले भृकुटीमण्डपमा प्रतिनिधिहरूसँग भोट माग्ने क्रम चलिरहेको छ । दुवै समूहले व्यंग्यात्मक रुपमा प्रतिनिधिहरूसँग भोट मागिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १४:१०
Listen News
0:00
0:30
🔊

१ पुस, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेकपा एमाले एघारौं महाधिवेशन जारी छ । जारी महाधिवेशनमा आज मतदान हुने बताइएको छ । महाधिवेशनस्थलमा अहिले चुनावी मतदानको माहोल गर्माएको छ । पार्टी नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।

उनीहरूले छुट्टाछुट्टै प्यानल पनि बनाएका छन् । दुई समूहबीच अहिले भृकुटीमण्डपमा प्रतिनिधिहरूसँग भोट माग्ने क्रम चलिरहेको छ । दुवै समूहले व्यंग्यात्मक रुपमा प्रतिनिधिहरूसँग भोट मागिरहेका छन् ।

उनीहरूले एक अर्काविरुद्ध काउन्टर नारा लगाएको सुन्न सकिन्छ ।

जस अन्तर्गत ओली पक्षीय नेताहरूले ‘ईश्वर पोखरेल के भन्छ, केपी ओली ले भन्छ ’,’ ‘सुरेन्द्र पाण्डे के भन्छ, शङ्कर पोखरेल ले भन्छ’, लगायतका नारा लगाएका छन् ।

पोखरेल पक्षले भने ‘केपी ओली के भन्छ, ईश्वर पोखरेल ले भन्छ’, ‘शंकर पोखरेल के भन्छ, सुरेन्द्र पाण्डे ले भन्छ’, लगायतका नारा लगाएका छन् ।

दुवै तर्फका प्रतिनिधिले साझा नारा चाहीँ ‘लिपुलेक/चुच्चे नक्सा के भन्छ, ‘आफ्ना नेता’ ले भन्छ’, लगायतका नारा लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?