+
+
Shares

कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित (कार्यविधिसहित)

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले कार्यविधिलाई पारित गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले कार्यविधि पारित गरेको छ।
  • कार्यविधि अनुसार बन्द सत्र लगायतका अन्य कार्यक्रम अघि बढ्नेछन्।
  • बन्दसत्रमा अहिलेको केन्द्रीय कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस गरिएको छ।

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले कार्यविधिलाई पारित गरेको छ ।

बन्द सत्रको हलले ध्वनि मतले कार्यविधि अनुमोदन गरेको सचिवालयले जानकारी दिएको छ । यही कार्यविधि अनुसार बन्द सत्र लगायतका अन्य कार्यक्रम अघि बढ्ने छन् ।

पार्टी विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकारसम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ लागू गरिएको हो। बैठक काठमाडौँ ५ का महाधिवेशन प्रतिनिधि श्यामबहादुर खड्काको अध्यक्षतामा सुरु भएको हो ।

त्यस्तै बन्दसत्रमा अहिलेको केन्द्रीय कार्यसमिति विघटन गर्ने प्रस्ताव पनि पेस गरिएको छ ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?