+

हिँड्ने कि दौडने : पेटको बोसो घटाउन कुन उपाय राम्रो ?

२०८२ माघ  १८ गते १३:२४ २०८२ माघ १८ गते १३:२४
Shares
हिँड्ने कि दौडने : पेटको बोसो घटाउन कुन उपाय राम्रो ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पेटको बोसो कम गर्न हप्तामा कम्तीमा पाँच दिन ३० देखि ४५ मिनेट छिटो हिँड्नु वा दौडनु आवश्यक छ, जसले मेटाबोलिज्म सक्रिय राख्छ।

आजकल धेरै मानिसहरूलाई पेट वरिपरि बढेको बोसोले समस्या पारिरहेको छ । यसलाई कम गर्नका लागि सोसल मिडियादेखि विभिन्न व्यक्तिले जे–जे तरिका सिकाउँछन्, तिनलाई पछ्याइन्छ । वैज्ञानिक अध्ययनअनुसार, पेटको बोसोले हृदय रोग, मधुमेह र अन्य स्वास्थ्य जोखिम बढाउँछ ।

नियमित व्यायाम गर्ने व्यक्तिहरूको पेटको बोसो स्वस्थ रूपमा भण्डारण हुने र यसले स्वास्थ्य राम्रो बनाउने अध्ययनहरूले देखाएका छन् ।

यही क्रममा मानिसहरू प्रायः वाकिङ र रनिङलाई लिएर अलमलमा पर्छन् । धेरैलाई लाग्छ कि केवल दौँड्दा मात्र पेटको बोसो कम हुन्छ र ट्रेनिङबिना नै दौडन थाल्छन् । यस कारणले धेरै पटक शरीरको घुँडा वा जोर्नीमा समस्या पनि हुन सक्छ । तसर्थ, पेट वरिपरि बढेको बोसो हटाउनका लागि दौड्ने वा हिँड्नेमा के राम्रो छ ? यसलाई बुझ्न वैज्ञानिक तथ्यहरू हेर्नु आवश्यक छ ।

पेटको बोसो घटाउनका लागि पहिले मेटाबोलिज्म, शरीरको क्षमता र लाइफस्टाइल बुझ्नु आवश्यक छ किनकि दौड्ने वा हिँड्नेको प्रत्यक्ष सम्बन्ध यिनैसँग जोडिएको छ । मेटाबोलिज्म भनेको शरीरले खानालाई ऊर्जामा बदल्ने प्रक्रिया हो । हिँड्नाले वा दौड्नाले मेटाबोलिज्म बढाउँछ र साप्ताहिक १५० मिनेट व्यायामले पेटको बोसो घटाउँछ । यसमा दौड्नाले छोटो समयमा बढी क्यालोरी बर्न गर्छ भने हिँड्नाले लामो समयसम्म निरन्तरता दिन सजिलो हुन्छ ।

पेटको बोसो घटाउन हिँड्नु कति सुरक्षित छ ?

यो कति सुरक्षित त भन्ने कुरा बुझ्न सबैभन्दा पहिले मेटाबोलिज्म बुझ्नु जरुरी छ किनकि यो प्रक्रियाबाट नै शरीरले खानालाई ऊर्जामा बदल्छ । जसको मेटाबोलिज्म छिटो हुन्छ, उसको शरीरले धेरै क्यालोरी बर्न गर्छ र बोसो जम्मा हुने सम्भावना धेरै कम हुन्छ ।

त्यसैले मेटाबोलिज्मलाई सन्तुलित राख्नु धेरै महत्वपूर्ण छ । अब हिँड्नु सबैभन्दा सजिलो र सरल व्यायाम हो, जसमा न त जिम चाहिन्छ न त कुनै उपकरण । त्यसैले जो मानिसहरू नियमित रूपमा छिटो हिँड्छन्, उनीहरूको मेटाबोलिज्म बिस्तारै–बिस्तारै राम्रो हुँदै जान्छ । जब कसैले ३० देखि ४५ मिनेट छिटो हिँड्छ, तब शरीरले अक्सिजनको प्रयोग गर्छ, बोसोलाई ऊर्जामा बदल्छ र विशेष गरी पेट र कम्मर वरिपरि जम्मा भएको बोसो बिस्तारै कम हुँदै जान्छ ।

दौडनु कति सुरक्षित छ ?

दौडनु उच्च–तीव्रता व्यायाम हो, जसमा कम समयमा धेरै क्यालोरी बर्न हुन्छ र मेटाबोलिक रेट अचानक बढ्छ त्यसैले व्यायाम समाप्त भएपछि पनि शरीरले क्यालोरी बर्न गरिरहन्छ । यसलाई आफ्टरबर्न इफेक्ट भनिन्छ । यस्तो तरिकाले पेटको बोसो कम गर्नमा यो विधि धेरै छिटो प्रभाव देखाउन सक्छ ।

धेरैलाई लाग्छ तौल घटाउनका लागि दौड्नैपर्छ, तर यो सबैका लागि उपयुक्त नहुनु सक्छ । यदि कसैको घुँडामा दुखाइ, मोटोपन, सासको समस्या वा फिटनेस लेभल राम्रो छैन भने उनीहरूका लागि दौड्नु हानिकारक हुन सक्छ । गलत तरिकाले दौडिँदा पनि मांसपेशीमा धेरै दबाब पर्न सक्छ । यसैले, दौड्नुअघि वार्म–अप र डाक्टरको सल्लाह लिनु आवश्यक छ ।

हिँड्ने वा दौड्नेमा के राम्रो छ ?

बिस्तारै हिँड्ने भन्दा पनि फटाफट हप्तामा कम्तीमा पाँच दिन ३० देखि ४५ मिनेट छिटो गतिमा हिँड्नुपर्छ । यसले मेटाबोलिज्म सक्रिय रहन्छ र क्यालोरी बर्न हुन्छ । एक अध्ययन अनुसार, १ माइल हिँड्दा औसत १०७ क्यालोरी बर्न हुन्छ, जसले पेटको बोसो कम गर्छ । हिँड्नुलाई लामो समयसम्म नियमित गर्न सकिन्छ र यो विधि जोर्नीमा समस्या भएकाहरूका लागि सुरक्षित छ ।

त्यसैगरी जो दौड्छन्, उनीहरूको मेटाबोलिज्म छिटो बढ्छ, जसबाट छोटो समयमै धेरै क्यालोरी बर्न हुन्छ । फिटनेसका लागि दौडनु राम्रो व्यायाम हो । हिँड्दा भन्दा दौड्दा डबल क्यालोरी बर्न हुन्छ र पेटको बोसो कम गर्न बढी प्रभावकारी हुन्छ ।

दुवैका आफ्नै फाइदाहरू छन् तर दौड्नुअघि एक पटक डाक्टरसँग सल्लाह लिनु राम्रो हुन्छ । यदि फिटनेस लेभल राम्रो छ भने दौडिँदा छिटो नतिजा मिल्छ तर हिँड्दा लामो अवधिमा निरन्तरता दिन सजिलो छ ।

जीवनशैली परिवर्तन आवश्यक

सामान्यतया मानिसहरूलाई लाग्छ हिँडेर वा दौडेर पेटको बोसो कम गर्न सकिन्छ, तर यसका लागि जीवनशैलीमा अरू केही परिवर्तन गर्नु जरुरी हुन्छ ।

डाइट

प्रोटिन र फाइबरयुक्त सन्तुलित खाना लिनुपर्छ । यससँगै गुलियो र  खानेकुरा छाड्नुपर्छ । उच्च फाइबरयुक्त खानेकुराले पेटको बोसो टुक्र्याउन मद्दत गर्छ ।

पूर्णनिद्रा

निद्रा पूरा नहुँदा मेटाबोलिज्म ढिलो हुन्छ, जसबाट पेट वरिपरि बोसो जम्मा हुन्छ । त्यसैले राम्रो निद्रा (७–८ घण्टा) लिनु महत्वपूर्ण छ । कम निद्राले काेर्टिसोल हर्मोन बढाउँछ, जसले बोसो बढाउँछ ।

तनाव नियन्त्रण

तनावबाट कोर्टिसोल हर्मोन बढ्छ, जसले पेटको बोसो बढाउन सक्छ । त्यसैले तनाव व्यवस्थापनका लागि योग र मेडिटेसन धेरै राम्रो हुन्छ । तनाव व्यवस्थापनले पेटको बोसो घटाउँछ ।

निरन्तरता

मानिसहरू केही दिन हिँड्ने वा दौडिँने गरेर बीचमै छोडिदिन्छन् । जीवनशैलीमा पनि परिवर्तन गर्दैनन्, यसै कारणले पेटको बोसो कम हुँदैन ।

पेट बोसो
प्रा.डा. विद्या सागर प्रसाद
लेखक
प्रा.डा. विद्या सागर प्रसाद
इन्टरनल मेडिसिन

प्रा.डा. प्रसाद मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा कार्यरत छन्। इन्टरनल मेडिसिनमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ११३७५ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हिँड्ने कि दौडने : पेटको बोसो घटाउन कुन उपाय राम्रो ?

हिँड्ने कि दौडने : पेटको बोसो घटाउन कुन उपाय राम्रो ?

कुष्ठरोग : उन्मूलन घोषणा गरेको वर्षौं बित्यो, अझै किन छ नेपालमा ?

कुष्ठरोग : उन्मूलन घोषणा गरेको वर्षौं बित्यो, अझै किन छ नेपालमा ?

वृद्ध क्यान्सर बिरामीका लागि नेपाल कति तयार छ ?

वृद्ध क्यान्सर बिरामीका लागि नेपाल कति तयार छ ?

औषधिजन्य दन्त मञ्जनहरू खुला बजारबाट बिक्री गर्न रोक्नुपर्ने माग

औषधिजन्य दन्त मञ्जनहरू खुला बजारबाट बिक्री गर्न रोक्नुपर्ने माग

अस्पतालको मुटु नर्स : जिम्मेवारी धेरै, चर्चा कम

अस्पतालको मुटु नर्स : जिम्मेवारी धेरै, चर्चा कम

डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त

डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त