+
+
Shares

शिखर पावरको आईपीओ बाँडफाँट, ९३ प्रतिशत आवेदकको हात खाली 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते ११:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट ग्लोबल आईएमई क्यापिटलले ३ चैत काठमाडौंमा गरेको छ।
  • फागुन १७ देखि २६ गतेसम्म खुलाइएको आईपीओमा २६ लाख ८७ हजार ३४७ जनाले आवेदन दिएका थिए।
  • गोलाप्रथाबाट १ लाख ८४ हजार २६० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ।

३ चैत, काठमाडौं । शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट भएको छ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो । यसअघि सर्वसाधारणका लागि शिखरको आईपीओमा फागुन १७ देखि २६ गतेसम्म आवेदन खुलाइएको थियो ।

आईपीओमा २६ लाख ८७ हजार ३४७ जनाले आवेदन दिएकोमा २६ लाख ५० हजार ८४७ स्वीकृत भएको थियो ।

गोलाप्रथाबाट १ लाख ८४ हजार २६० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ । स्वीकृत आवेदनमध्ये २४ लाख ६६ हजार ५८७ आवेदकको हात रित्तो भएको छ । आईपीओको नतिजा सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?