News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री रामेश्वर खनालले मुलुकका आर्थिक सूचकहरू सकारात्मक देखिए पनि अर्थतन्त्रका ठूला चुनौतीहरू रहेको बताएका छन्।
- उनले बैंकमा रहेको निष्क्रिय पूँजी उत्पादनशील क्षेत्रमा लगानी हुन नसक्नु प्रमुख समस्या भएको बताए।
- मध्यपूर्व र खाडी संकटले आपूर्ति श्रृंखला अवरुद्ध र मूल्यवृद्धि हुनसक्ने सम्भावना रहेको भन्दै द्रुत निर्णय आवश्यक रहेको उल्लेख गरे।
४ चैत, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अहिले अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएपछि मुलुकका सामु ठूला चुनौतीहरू रहेको बताएका छन् ।
नागरिक लगानी कोषको ३६औं वार्षिकोत्सव समारोहलाई बुधवार सम्बोधन गर्दै अर्थमन्त्री खनालले मुलुकका समष्टिगत आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखिए पनि अर्थतन्त्रका सामु अझै ठूला चुनौतीहरू रहेको बताएका हुन् ।
उनकाअनुसार बैंकमा रहेको ठूलो परिमाणको निष्क्रिय पूँजी उत्पादनशील क्षेत्रमा लगानी हुन नसक्नु अर्थतन्त्रको प्रमुख समस्या बनेको छ ।
मध्यपूर्व र खाडी मुलुकमा देखिएको संकटका कारण नेपालको आपूर्ति श्रृंखला अवरुद्ध हुने र आयातित वस्तुको मूल्य बढ्नसक्ने सम्भावना रहेको पनि उनले बताए । यसले औद्योगिक उत्पादनको लागत बढाएर समग्र अर्थतन्त्रमा असर पार्नसक्ने भन्दै त्यसप्रति सबै पक्ष सचेत हुन आवश्यक रहेको उनको भनाइ छ । यस्तो परिस्थितिमा केही विषयमा द्रुत गतिले निर्णय लिनुपर्ने आवश्यकता रहेको पनि अर्थमन्त्री खनालले औंल्याए ।
अर्थमन्त्री खनालले मुलुक अहिले सरकार परिवर्तनको संघारमा रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले शक्तिशाली बहुमतसहित आउने नयाँ सरकारले वाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्दै अर्थतन्त्रलाई अघि बढाउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4