News Summary
Generated by OK AI. Editorially reviewed.- केन्द्रीय बैंकले भुक्तानी प्रणालीको एकीकृत निर्देशन संशोधन गर्दै सडक दस्तुर भुक्तानीका लागि प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ।
- वाणिज्य बैंकहरूले आरएफआईडी चिप बेस्ड प्रिपेड ट्याग कार्ड जारी गरी सडक दस्तुर संकलनमा प्रयोग गर्ने केन्द्रीय बैंकले जनाएको छ।
- यस व्यवस्थाले सवारीसाधनले नगद दस्तुर तिर्नुपर्ने झन्झट हट्ने र सरकारी राजस्वमा दुरुपयोग नियन्त्रण हुने केन्द्रीय बैंकले खुलाएको छ।
४ चैत, काठमाडौं । वाणिज्य बैंकहरूले सडक दस्तुर तिर्ने प्रयोजनका लागि प्रिपेड कार्ड जारी गर्न सक्ने भएका छन् । केन्द्रीय बैंकले भुक्तानी प्रणालीको एकीकृत निर्देशन संशोधन गर्दै सडक दस्तुर भुक्तानी गर्न कार्ड जारी गर्न सक्ने व्यवस्था थप गरेको हो ।
बैंकको यो व्यवस्थापछि सडकमा यात्रा गर्ने क्रममा सवारीसाधनले तिर्नु पर्ने दस्तुर नगदमा दिनु पर्ने झन्झट हट्नेछ । साथै कार्ड मार्फत भुक्तानी गर्दा सरकारी राजस्वमा हुन सक्ने दुरुपयोग पनि नियन्त्रण हुने केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले आरएफआईडी चिप बेस्ड प्रिपेड ट्याग कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको जनाएको छ । वाणिज्य बैंकले नेपाल सरकारले तोकेका सडक तथा सडक खण्डहरुमा चल्ने सवारी साधनहरुबाट सडक उपभोग दस्तुर संकलन गर्ने प्रयोजनका लागि उक्त कार्डको प्रयोग हुने केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ ।
प्रतिक्रिया 4