+
+
Shares

डेढ वर्षीया छोरी बोकेर प्रमाणपत्र लिन आइपुगिन् सांसद समिना मिया

‘मदरसा शिक्षा र आधुनिक शिक्षालाई एकीकृत गरेर लैजाने पनि मेरो प्रतिबद्धता छ’, प्रमाणपत्र बुझेपछि उनले भनिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते १२:३३

५ चैत, काठमाडौं । आज निर्वाचन आयोगले आफ्नै कार्यालयमा सामानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरिरहेको छ ।

२१ फागुनमा भएको प्रतिनिधिसभाको समानुपातिकतर्फका ११० सांसदहरुलाई प्रमाणपत्र वितरणको कार्यक्रममा भइरहेको छ । सोही कार्यक्रममा प्रमाणपत्र लिन साढे एक वर्षकी छोरी बोकेर आइपुगेकी छिन् सांसद समिना मिया । उनी रास्वपाबाट मुस्लिम क्लस्टर अन्तर्गत सांसद बनेकी हुन् ।

प्रमाणपत्र लिएपछि उनले समग्र मुलुकको विकासका लागि आवश्यक नीतिगत काम गर्न पहल लिने बताइन् । शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने उनको प्रतिबद्धता छ । ‘मदरसा शिक्षा र आधुनिक शिक्षालाई एकीकृत गरेर लैजाने पनि मेरो प्रतिबद्धता छ’, उनले भनिन् ।

११० समानुपातिक सांसदमध्ये रास्वपाले मात्रै ५७ सिट प्राप्त गरेको छ । दोस्रो भएको कांग्रेसले २०, एमालेले १६, नेकपाले ९ एवं श्रम संस्कृति र राप्रपाले चार/चार सिट जितेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?