News Summary
Generated by OK AI. Editorially reviewed.- २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट आएका दलहरूका प्रतिनिधि समावेश सर्वदलीय बैठक सिंहदरवारस्थित संसद् सचिवालयमा बसेको छ।
- सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका प्रतिनिधिहरू सहभागी भएका थिए।
- चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण हुने तय भएको छ।
५ चैत, काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट आएका दलहरूका प्रतिनिधि सम्मिलित सर्वदलीय बैठक बसेको छ ।
संघीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधिसभाको बैठक सञ्चालनको सन्दर्भमा बिहीबार सर्वदलीय बैठक बसेको हो ।
सिंहदरवारस्थित संसद् सचिवालयका महासचिवको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री कबिन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसबाट मोहन आचार्य, नेकपा एमालेबाट गुरुप्रसाद बराल, नेपाली कम्युनिस्ट पार्टीबाट रमेश मल्ल, श्रम संस्कृति पार्टीबाट महासचिव आरेन राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाही उपस्थित थिए ।
सर्वदलीय बैठकपछि यही चैत १२ गते नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ हुने तय भएको छ । त्यसदिन दिउँसो २ बजे नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण हुनेछ ।
प्रतिक्रिया 4