News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघ एन्फाले अध्यागमन विभागको पत्रपछि महिला राष्ट्रिय लिग स्थगित गरेको छ।
- महिला लिग शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको एन्फाका प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुलाधरले जानकारी दिए।
- बुधबारबाट सुरु भएको महिला लिगमा ४ खेल भएका थिए र अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीलाई सहभागी नगराउन पत्र काटेको थियो।
५ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला राष्ट्रिय लिगका खेलहरू पनि स्थगित गरेको छ । अध्यागमन विभागको पत्रपछि पुरुष राष्ट्रिय लिग स्थगित गरेको एन्फा महिला लिग पनि स्थगित गरेको हो ।
शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि महिला लिग स्थगित गरिएको एन्फाका प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुलाधरले जानकारी दिए । त्यसपछि छलफल गरेर अघि बढ्ने तुलाधरले बताए ।
बुधबारबाट सुरु भएको महिला लिगमा ४ खेल भएका छन् । अध्यागमन विभागले आज नै पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र काटेको थियो ।
त्यसपछि एन्फाले राष्ट्रिय लिग फुटबल स्थगित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4