News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ महिला सांसद निर्वाचित भएको जनाएको छ।
- प्रतिनिधिसभामा आदिवासी जनजाति २१.०९, खसआर्य ४९.०९, थारु ३.२७, दलित ६.१८, मधेशी १६.७३ र मुस्लिम ३.६४ प्रतिशत सदस्य निर्वाचित भएका छन्।
- प्रत्यक्षतर्फ ६१ चुनाव चिह्नमा ६५ दल र समानुपातिकतर्फ ५७ चुनाव चिह्नमा ६३ दलले निर्वाचनमा भाग लिएका थिए।
५ चैत, काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बिहीबार विज्ञप्ति जारी गरी २७५ जना सदस्य रहेको प्रतिनिधिसभामा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको बताएका हुन् ।
निर्वाचन आयोगले समावेशी विवरणअनुसार आदिवासी जनजाति समूहतर्फ २१.०९, खसआर्य समूहतर्फ ४९.०९, थारु समूहतर्फ ३.२७, दलित समूहतर्फ ६.१८, मधेशी समूहतर्फ १६.७३ र मुस्लिम समूहतर्फ ३.६४ प्रतिशत सदस्य निर्वाचित भएको जनाएको छ ।
यो निर्वाचनमा प्रत्यक्षतर्फ ६१ वटा चुनाव चिह्नमा ६५ वटा दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ वटा निर्वाचन चिह्नमा ६३ राजनीतिक दल सहभागी भएका थिए ।

प्रतिक्रिया 4