+
+
Shares

मध्यपूर्वमा रहेका ८२ हजार नेपालीले दर्ता गराए विवरण

परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार एक सय जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्र मन्त्रालयले मध्यपूर्वबाट ८२ हजार १ सय नेपालीले अनलाइन दर्ता प्रणालीमा आफ्नो विवरण दर्ता गराएको जनाएको छ।
  • अनलाइन दर्ता प्रणालीमा करिव ६ हजारले असुरक्षित रहेको जानकारी दिएका थिए, तर पछिल्लो समयमा असुरक्षित महशुस गर्ने संख्या घटेको छ।
  • मन्त्रालयका अनुसार मध्यपूर्वका विभिन्न देशबाट ७८ कलसहित १ सय ७० पटक सम्पर्क भएको र हाल कुनै नेपाली ट्रान्जिटमा नरहेको छ।

६ चैत, काठमाडौं । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार एक सय जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सो जानकारी दिएका हुन् । उनका अनुसार अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिव ६ हजार जनाले शुरुमा आफूहरू असुरक्षित रहेको जानकारी गराएका थिए ।

तर पछिल्ला दिनहरूमा असुरक्षित महशुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घटेको उनको दाबी छ । इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका बीच मध्यपूर्वका विभिन्न देशहरुबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको क्षेत्रीले उल्लेख गरे।

उनले अवस्था सामान्य बन्दै गएको कारण श्रम स्वीकृतिको विषयमा जानकारी लिन धेरैजसो सम्पर्क हुने गरेको जानकारी दिए। उनले मन्त्रालयले आफ्ना १० वटै नियोगहरूमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने कार्य भइरहेको समेत जानकारी दिए।

‘कन्सुलर सेवा विभागबाट जुन अनलाइन दर्ता प्रणाली प्रयोजनमा ल्याइएको थियो उक्त प्रणालीमा हालसम्म ८२ हजार १ सय जनाले विवरण दर्ता गराउनुभएको छ । यो डेटामा झन्डै ६ हजार जतिले हामी असुरक्षित छौँ भन्नुभएकोमा पछिल्लो केही दिनयता असुरक्षित छौँ भन्नेको संख्या ह्वात्तै घटेको देखिन्छ,’ उनले भने, ‘त्यसैगरी हाम्रो इमरजेन्सी कन्ट्रोल रुममा हालसम्म ७८ कलसहित एक सय ७० पटक सम्पर्क गरिएको छ । सम्पर्क गरेकामध्ये अधिकांशले सुरुका दिनहरुमा सुरक्षाको विषयमा जानकारी माग्ने र गराउने गर्नुभएको थियो । अहिले पछिल्लो समयमा श्रम स्वीकृति कहिले खुल्छ भन्ने प्रकारका जिज्ञासाहरु प्राप्त भएका छन् ।’

ब्रिफिङका क्रममा प्रवक्ता क्षेत्रीले हाल कुनैपनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको जानकारी दिए। जेद्दामा रहेका ५२ जना हजयात्रीहरू समेत स्वदेश फर्किसकेको उहाँको भनाइ छ ।

‘हाम्रा दश वटै आयोगहरुमार्फत समस्यामा परेका नेपाली नागरिकहरुको विषयमा जानकारी लिने र समन्वय गर्ने कार्य यथावत राखिएको छ । अहिले कुनैपनि नेपाली नागरिक ट्रान्जिटमा रहनुभएको छैन । जेद्यामा रहेका ५२ जना हजयात्रीहरु समेत फर्किसक्नुभएको छ’ उनले भने । उनले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षामा सरकार गम्भीर रहेको भन्दै आवश्यक परेको खण्डमा उद्धारको लागि समेत तयार रहेको जानकारी गराए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?