+
+
Shares

चट्याङ लागेर गुल्मीमा ३ जना घाइते, ३ वटा बाख्रा मरे

गुल्मीको मालिका गाउँपालिका-२ दर्लिङमा चट्याङ लागेर ३ जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १९:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको मालिका गाउँपालिका-२ दर्लिङमा चट्याङ लागेर ३२ वर्षकी गोमा खड्का, २८ वर्षकी निरु खड्का र २९ वर्षका विष्णु खड्का घाइते भएका छन्।
  • घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि गुल्मी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
  • त्यसैगरी सोही ठाउँमा चट्याङ लागेर ३ वटा बाख्रा मरेका छन्।

६ चैत, गुल्मी । गुल्मीको मालिका गाउँपालिका-२ दर्लिङमा चट्याङ लागेर ३ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो परेको चट्याङ लागेर ३२ वर्षकी गोमा खड्का, २८ वर्षकी निरु खड्का र २९ विष्णु खड्का घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि गुल्मी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) गंगाबहादुर सारुले जानकारी दिए ।

त्यस्तै चट्याङ लागेर सोही ठाउँमा ३ वटा बाख्रा मरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?