७ चैत, काठमाडौं । आज मुस्लिम समुदायले इद उल फित्र पर्व मनाइरहेका छन् । अरबी पात्रो हिजरी संवतअनुसार नवौं महिनामा निराहार व्रत गरेका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर यो पर्व मनाउने गर्छन् ।
आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ ।
काठमाडौंको घण्टाघरमा रहेको कास्मिरी मस्जिदमा पनि आज ठूलो संख्यामा मुस्लिम धर्मालम्बीहरू नमाज पढ्न सहभागी भएका थिए । बिहान जामे मस्जिद घन्टाघरमा पनि विशेष नमाज पाठ गरिएको छ । नमाज पाठपछि ठूलाबडाकहाँ आशीर्वाद लिने प्रलचन छ ।
खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने मुस्लिम धर्मावलम्बी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले जानकारी दिए ।
यो पर्वको अर्को उल्लेखनीय पक्ष दीन दुःखी र गरीबलाई दान दिनु हो ।


प्रतिक्रिया 4