+
+
Shares

ट्रम्पको दाबी- इरान युद्धमा लक्ष्यको नजिक छौँ, बिस्तारै युद्ध रोक्नेबारे सोच्दैछौँ

हामी इरानको आतंकी शासनको सन्दर्भमा मध्यपूर्वमा आफ्नो ठुलो सैन्य अभियान विस्तार–बिस्तारै समाप्त गर्नेबारे सोचिरहेका छौँ । किनकि हामीले आफ्नो लक्ष्यको निकै नजिक पुगिसकेका छौँ । -ट्रम्प

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ७ गते १५:४४

७ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धमा अमेरिका लक्ष्यको नजिक पुगिसकेको दाबी गरेका छन् । शनिबार सामाजिक सञ्जाल ट्रूथमा अभिव्यक्ति सार्वजनिक गर्दै ट्रम्पले लक्ष्यको करिब पुगिसकेकाले बिस्तारै युद्ध रोक्नेबारे सोचिरहेको पनि उल्लेख गरेका छन् ।

‘हामी इरानको आतंकी शासनको सन्दर्भमा मध्यपूर्वमा आफ्नो ठुलो सैन्य अभियान विस्तार–बिस्तारै समाप्त गर्नेबारे सोचिरहेका छौँ,’ ट्रम्पले लेखेका छन्, ‘किनकि हामीले आफ्नो लक्ष्यको निकै नजिक पुगिसकेका छौँ ।’

अमेरिका र इजरायलले आफूमाथि सैन्य हमला गरेपछि इरानले समुद्री नाका स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गरेको छ । जसले विश्वको सबैभन्दा ठुलो तनाव सिर्जना गर्दै विश्वभर ऊर्जा संकट निम्त्याएको छ ।

त्यसबारे ट्रम्पले अमेरिकालाई त्यसको सुरक्षाबारे चिन्ता नभएको आशय व्यक्त गरेका छन् । उनले अगाडि भनेका छन्, ‘त्यसको सुरक्षाको निगरानी गर्ने जिम्मा ती देशले उठाउनुपर्छ, जसले त्यसको प्रयोग गर्छन् ।’

यद्यपि ती देशले अमेरिकासँग होर्मुजको सुरक्षाका लागि सहयोग मागे त्यसमा मद्दत भने गर्ने प्रतिबद्धता जनाएका छन् । ‘तर, इरानको खतरा सकिएपछि हाम्रो सहयोग पनि आवश्यक पर्ने छैन । किनकि ती देशका लागि त्यो सजिलो सैन्य अभ्यास हुनेछ,’ ट्रम्पले भनेका छन् ।

ट्रम्पले हालसम्मको युद्धमा इरानको मिसाइल क्षमता पूरा नष्ट गरिसकेको, इरानको सैन्य औद्योगिक आधारलाई ध्वस्त पारेको र इरान कहिल्यै पनि परमाणु हतियार बनाउनको नजिकसम्म नपुगोस् भनेर सुनिश्चित भइसकेको दाबी गरेका छन् ।

त्यसबाहेक पनि ट्रम्पले मध्यपूर्वमा अमेरिकाले आफ्ना सहयोगी इजरायल, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत र अन्य देशलाई उच्चतम सुरक्षा प्रदान गरेको दाबी गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?