+
+
Shares

मौसमविद भन्छन्– केही दिन ठूलो पानी पार्ने सम्भावना छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते ६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत शुक्रबारदेखि सक्रिय वर्षा गराउने प्रणाली आजबाट कमजोर भएको छ र मौसममा उल्लेख्य सुधार आउने मौसमविदले बताएका छन्।
  • पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा प्रणाली कोशी प्रदेशबाट बाहिरिएको छ र केही स्थानमा हल्का बादल देखिएको छ।
  • मौसमविद उज्जल उपाध्यायले भने, ‘भोलि ढुक्कले लुगा धुनुस् मज्जाले सुक्छ’ र प्रि–मनसुन अवधिमा चट्याङ र हुरीबाट जोगिन सुझाव दिएका छन्।

काठमाडौं । गत शुक्रबारदेखि सक्रिय वर्षा गराउने प्रणाली आजबाट कमजोर भएको छ । यससँगै आजदेखि मौसममा उल्लेख्य सुधार आउने र घाम लाग्ने मौसमविदले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिमबाट सुरु भएको वर्षा गराउने प्रणाली क्रमश: पूर्वतिर सर्दै कोशी प्रदेशबाट बाहिरिएको छ । केही स्थानमा भने हल्का बादल देखिएको छ । तर अघिल्ला दिनको जस्तो केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुका अनुसार शनिबार रातिदेखि नै मौसममा सुधार देखिएको छ । विभागले आज बिहान ६:२० बजे सार्वजनिक गरेको एक सूचना अनुसार हाल लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ तर बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा छ ।

मौसमविद उज्जल उपाध्यायका अनुसार शनिबारदेखि बादल हटेर घाम लाग्ने छ । वर्षाका कारण प्रदूषण पनि घटेको छ । त्यसैले उनले शनिबार साँझ फेसबुकमा लेखेका छन्, ‘भोलि ढुक्कले लुगा धुनुस् मज्जाले सुक्छ । हिमालको मनमोहक दृष्य हेर्नुस् । स्वच्छ हावामा सास फेर्नुस् । आउने अझै केही दिन यस्तै मज्जा लिनुस् ।’

मौसमविदहरुका अनुुसार अहिले प्रि–मनसुनको समय छ । त्यसैले प्रिमनसुन अवधिमा दिनभर घाम लागे पनि साँझपख बादल लाग्ने, मेघगर्जन चट्याङसहित हल्का पानी पर्ने र कहिलेकाहीँ हुरी चल्ने गर्दछ । त्यसैले चट्याङ र हुरीबतासबाट जोगिन  मौसमविदहरु सुझाव दिन्छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?