+
+
Shares

सानीगाड हाइड्रोको आईपीओ खुल्यो, वैदेशिक रोजगारमा रहेका र स्थानीयले भर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सानीगाड हाइड्रोपावरले ८५ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको छ, जसमा १० प्रतिशत प्रभावित स्थानीय र केही वैदेशिक रोजगारमा रहेका लागि छुट्याइएको छ।
  • प्रभावित स्थानीयले चैत २२ देखि वैशाख ७ सम्म र वैदेशिक रोजगारमा रहेका भने चैत ११ देखि २२ सम्म आवेदन दिन सक्नेछन्।
  • सानीगाड हाइड्रोपावरले ३८.४ मेगावाट क्षमताको आयोजना सञ्चालन गर्नेछ र इक्रा नेपालबाट बीबी माइनस रेटिङ पाएको छ।

८ चैत, काठमाडौं । सानीगाड हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेकालाई आइतबारदेखि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले अंकित मूल्य १ सयका दरले ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन लागि अनुमति पाएको हो । जसमध्ये १० प्रतिशत अर्थात् २८ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित स्थनीयका लागि निष्कासन गरेको छ भने ५ लाख ७० हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकालाई निष्कासन भएको छ ।

बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । प्रभावित क्षेत्रका रुपमा बझाङ जिल्लाका बुंगल नगरपालिका १ देखि ११ सम्मका वडाहरु छन् ।

प्रभावित स्थानीयले छिटोमा चैत २२ र ढिलोमा वैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले छिटोमा चैत ११ र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरोसेयर मार्फत र स्थानीयले बझाङस्थित ग्लोबल आईएमई, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकका शाखाबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले ३८. ४ मेगावाट क्षमताको सानीगाड हाइड्रोपावर आयोजना सञ्चालन गर्नेछ । जसको प्रतिमेगावाट लागत २२.५८ करोडको अनुमान छ । कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ पाएको छ ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?