+
+
Shares

सिट संख्याका आधारमा संसदीय दलको कार्यालय व्यवस्थापन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १५:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुका लागि सिट संख्याका आधारमा संसदीय कार्यालय व्यवस्थापन गरेको छ।
  • सिंहदरबारमा नयाँ संसद भवन निर्माण नहुँदा हालकै सचिवालय परिसरमा दलको कार्यालय व्यवस्था गरिएको छ।
  • प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरुको पद तथा गोपनियताको शपथ नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा हुने संसद सचिवालयले जनाएको छ।

९ चैत, काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुका लागि सिट संख्याका आधारमा संसदीय कार्यालय व्यवस्थापन गरेको छ ।

सिंहदरबारमा नयाँ संसद निर्माणको कार्य सम्पन्न नभएकाले हालकै संसद् सचिवालय परिसरमा रहेको संरचनामा नै दलको कार्यालय व्यवस्थापन गरिएको हो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सीट संख्या फेरबदल भएसँगै त्यहि अनुसार दलको कार्यालय व्यवस्था गरिएको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

संसद् सचिवालयले कांग्रेस र एमालेलाई साबिककै संसदीय दलको कार्यालयमा व्यवस्थापन गरेको छ भने यसअघि नेकपाले प्रयोग गर्दै आएको दलको कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपलव्ध गराइएको छ ।

त्यस्तै यसअघि रास्वपाले प्रयोग गर्दै आएको कार्यालयमा नेकपा, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई व्यवस्थापन गरिएको प्रवक्ता गिरीले बताए । उनले अहिले अल्पकालीन व्यवस्थापन गरिएको नयाँ भवन निर्माण सम्पन्न भएपछि त्यहिबाट संसद र संसदीय गतिविधि हुने जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरुको पद तथा गोपनियताको शपथ भने नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुने संसद् सचिवालयले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?