+
+
Shares

उत्पादन तथा प्रशोधन समूहमा बन्यो नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उत्पादन तथा प्रशोधन समूह सूचकले नयाँ कम्पनी थपिनु र सेयर बजारको वृद्धिका कारण १० हजार २३३ अंकमा नयाँ रेकर्ड बनाएको छ।
  • रिलायन्स स्पिनिङ मिल्स कम्पनी सूचीकृत भएपछि मूल्य १ हजार ५१२.६० रुपैयाँ पुगेको छ र समूह सूचक १.५३ प्रतिशतले बढेको छ।
  • यो समूहमा हाल १४ कम्पनी सूचीकृत छन् जसमा युनिलिभर नेपाल सबैभन्दा महँगो कम्पनी हो र यसको मूल्य प्रतिकित्ता ४७ हजार रुपैयाँ छ।

९ चैत, काठमाडौं । नयाँ कम्पनी थपिनु र सेयर बजारको वृद्धिले लय समातेसँगै उत्पादन तथा प्रशोधन समूह सूचकले नयाँ रेकर्ड बनाएको छ ।

यो समूहगत सूचक हालसम्मकै उच्च अंकमा पुगेको छ । सोमबार यो सूचक १० हजार २३३ अंकमा पुगेको छ । आज यो सूचक नै सबैभन्दा धेरै १.५३ प्रतिशत (१५४ अंक) बढेको हो ।

यो समूहमा नयाँ कम्पनीहरू थपिँदै जाँदा र ती कम्पनीको भारसँगै मूल्य बढ्दा समग्र समूहगत सूचकले नयाँ रेकर्ड बनाएको हो । पछिल्लो समय यहीं समूहमा थपिएको कम्पनी हो : रिलायन्स स्पिनिङ मिल्स ।

यो कम्पनी सूचीकृत भएपछि करिब सबैजसो दिन १० प्रतिशतका दरले मूल्य बढ्दै हाल १ हजार ५१२.६० रुपैयाँ पुगेको छ । रिलायन्सका अलवा पछिबाट थपिएका श्रीनगर एग्रिटेक, एसवाई प्यानल लगायत कम्पनीको मूल्यले पनि यो सूचकलाई उचाल्न मद्दत पुर्‍याएका हुन् ।

यो समूहमा सूचीकृत कम्पनीको संख्या १४ पुगेको छ । रिलायन्स स्पिनिङ, एसवाई प्यानल, श्रीनगर एग्रिटेकका अलवा यस समूहमा रहेका कम्पनीमा सागर डिस्टिलरी, ओम मेगाश्री फर्मास्युटिकल्स, सर्वोत्तम सिमेन्ट, सोनापुर मिनरल्स, घोराही सिमेन्ट, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, युनिलिभर नेपाल, बोटलर्स नेपाल तराई, बोटलर्स नेपाल बालाजु र नेपाल ल्युब आयल छन् ।

बजारमा सूचीकृत कम्पनीमा यसै समूहको युनिलिभर नेपाल सबैभन्दा महँगो हो । यो कम्पनीको मूल्य सोमबार प्रतिकित्ता ४७ हजार रुपैयाँ छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?