News Summary
Generated by OK AI. Editorially reviewed.- कालंगा हाइड्रोपावरले सर्वसाधारण समूहमा १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत सेयर निष्कासन गरेको छ।
- आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत २४ देखि वैशाख ९ सम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले चैत १५ सम्म आवेदन दिन सक्नेछन्।
- कम्पनीले १५.३३ मेगावाटको कालंगागाड आयोजना बनाएको छ र बीबी प्लस रेटिङ पाएको छ जसले मध्यम जोखिम संकेत गर्दछ।
१० चैत, काठमाडौं । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई कालंगा हाइड्रोपावरको आईपीओ खुलेको छ ।
कम्पनीले सर्वसाधारण समूहमा जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँको ४९ लाख कित्ता सेयर निष्कासन गर्दैछ । जसमध्ये १४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि निष्कासन सुरु भएको हो । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
प्रभावित क्षेत्रका रुपमा बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ र ५, बित्थडचिर गाउँपालिका वडा नम्बर ६ र ८, बुंगल नगरपालिकाको वडा नम्बर ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर १ र २ तथा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ पर्दछन् ।
प्रभावितले छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ९ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकालाई ३ लाख ५० हजार कित्ता सेयर निष्कासन भएको छ । वैदेशिक रोजगारमा रहेकाले चैत १५ सम्म आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० तथा अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । केयर रेटिङबाट कम्पनीले बीबी प्लस रेटिङ पाएको छ । जसले दायित्व वहनमा मध्यम जोखिम रहेको संकेत गर्दछ। बझाङमा कम्पनी १५.३३ मेगावाटको कालंगागाड आयोजना बनाएको छ । जसको कुल लागत ४ अर्ब ३३ करोड तथा प्रतिमेगावाट लागत २८ करोड ३० लाख रुपैयाँ छ ।
प्रतिक्रिया 4