+

पीएम कपमा एपीएफमाथि पुलिसको एकपक्षीय जित

२०८२ चैत  १० गते १६:१६ २०८२ चैत १० गते १६:१६
पीएम कपमा एपीएफमाथि पुलिसको एकपक्षीय जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबमाथि १८५ रनले एकपक्षीय जित निकालेको छ।
  • पुलिसले दिएको ३५६ रनको लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १७० रनमा अलआउट भएको छ।
  • पुलिसले पीएम कप इतिहासकै सर्वाधिक ३५५ रनको योगफल बनाएको छ, जुन आठ वर्षपछि एपीएफको रेकर्ड तोडिएको हो।

१० चैत, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा एपीएफ क्लबमाथि एकपक्षीय जित निकालेको छ ।

मंगलबार माथिल्लो मुलपानी मैदानमा भएको खेलमा पुलिसले एपीएफलाई १८५ रनले पराजित गरेको हो । पुलिसले दिएको ३५६ रनको विशाल लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १७० रनमा अलआउट भयो ।

नन्दन यादवले अविजित ४४ रन बनाए भने कमलसिंह ऐरीले ३५ रन बनाए । सन्दीप जोराले २४ तथा आसिफ शेखले १८ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल ११ रनमा आउट भए

पुलिसका लागि ललित राजवंशीले १० ओभरमा २८ रन दिएर ३ विकेट लिए । करण केसी, राशिद खान र दिनेश खरेलले २-२ विकेट लिए भने सागर ढकालले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रनको योगफल बनाएको थियो । यो पीएम कप इतिहासकै सर्वाधिक योगफल हो ।

यसअघि सर्वाधिक योगफल एपीएफकै नाममा थियो । एपिएफले पीएम कप २०१८ मा मधेश प्रदेशविरुद्ध ३३९ रनको योगफल बनाएको थियो । आठ वर्षपछि उक्त रेकर्ड तोडिएको हो ।

एपीएफविरुद्ध पुलिसका चार ब्याटरले अर्धशतक बनाए । ओपनर दिनेश खरेल, शंकर राना, कप्तान आरिफ शेख र दिल्साद अलीले अर्धशतक बनाएका थिए ।

शंकरले सर्वाधिक ६१ रन बनाए भने दिनेश खरेलले ६० र कप्तान आरिफले ५० रन बनाए । दिल्साद अली ५१ रनमा अविजित रहे । राशिद खानले ४४ रन बनाए ।

एपीएफका कमलसिंह ऐरी र अमरसिंह राउटेलाले २-२ विकेट लिँदा नन्दन यादव, रोहित पौडेल र युवराज खत्रीले १-१ विकेट लिए ।

पुलिस पहिलो खेलमा आर्मीसँग पराजित भएको थियो भने एपीएफले बागमती प्रदेशलाई पराजित गरेको थियो ।

एपीएफ क्लब नेपाल पुलिस क्लब पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय