News Summary
Generated by OK AI. Editorially reviewed.- पुलिस क्लबले पीएम कप पुरुष राष्ट्रिय क्रिकेटमा एपीएफ क्लबविरुद्ध ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रन बनाएको छ।
- एपीएफ क्लबले २३औं ओभरमा ७ विकेट गुमाएर ७१ रन मात्र बनाएको छ र संकटपूर्ण अवस्थामा छ।
- पुलिसका दिनेश खरेल, शंकर राना, कप्तान आरिफ शेख र दिल्साद अलीले अर्धशतक बनाए।
१० चैत, काठमाडौं । पीएम कप पुरुष राष्ट्रिय क्रिकेटअन्तर्गत मंगलबार विभागीय डर्बीमा नेपाल पुलिस क्लब र एपीएफ क्लब खेलिरहेका छन् ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा एपीएफले ३५६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा संकटपूर्ण अवस्थामा पुगेको छ ।
एपीएफले २३औं ओभरको खेल चलिरहँदा ७ विकेट गुमाइसकेको छ भने १०० रनको योगफल छुन सकेको छैन । ताजा अवस्थामा एपीएफ ७१-७ को खराब अवस्थामा छ ।
सन्दीप जोराले २४ तथा आसिफ शेखले १८ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल ११ रनमा आउट भए ।
खेलमा पुलिसले एपीएफ क्लबविरुद्ध ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रनको योगफल बनाएको थियो । यो पीएम कप इतिहासकै सर्वाधिक योगफल हो ।
एपीएफविरुद्ध पुलिसका चार ब्याटरले अर्धशतक बनाए । ओपनर दिनेश खरेल, शंकर राना, कप्तान आरिफ शेख र दिल्साद अलीले अर्धशतक बनाए ।
तस्वीरहरू







प्रतिक्रिया 4