News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १७० रनले पराजित गरेको छ।
- गण्डकीले ३१ ओभर ५ बलमा १२४ रन मात्र बनाउन सकेको छ भने बागमतीले २९४ रन बनाएको थियो।
- बागमतीका रिजन ढकालले ३ विकेट लिए भने सन्दीप लामिछाने र इशान पाण्डेले २-२ विकेट लिए।
१० चैत, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय क्रिकेटमा बागमती प्रदेश गण्डकी प्रदेशलाई १७० रनले पराजित गरेको छ ।
तल्लो मुलपानी क्रिकेट मैदानमा बागमतीले दिएको २९५ रनको लक्ष्य पछ्याएको गण्डकी ३१ ओभर ५ बलमा १२४ रनमा समेटियो ।
गण्डकीका लागि ओपनर अर्जुन कुमाल संयमित ब्याटिङ गरे पनि जित दिलाउन सकेनन् । अर्जुन ९० बलमा ७४ रन बनाएर अन्तिम विकेटको रुपमा आउट भए । सुवास भण्डारीले २९ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा बागमतीका रिजन ढकालले ३, कप्तान सन्दीप लामिछाने र इशान पाण्डेले २-२ तथा सुवास खत्री र दयानन्द मण्डलले एक-एक विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ९८ विकेट गुमाएर २९४ रन बनाएको थियो । बागमतीका इशान पाण्डेले सर्वाधिक ७१ रन बनाए । आशुतोष घिरैयाले ५९, शुभ कंशाकारले ४४, उत्तम मगर ३०, विवेक राना २७ र सन्दीप लामिछानेले २६ रनको योगदान दिए ।
बलिङमा गण्डकीका कमल परियार २, विपिन खत्री, सिर्बिन श्रेष्ठ, अंकित न्यौपाने र सुबाश भण्डारीले एकएक विकेट लिए ।
पीएम कपमा बागमतीको यो पहिलो जित हो । बागमती पहिलो खेलमा एपीएफ क्लबसँग पराजित भएको थियो । गण्डकीले भने आज पहिलो खेल खेलेको हो ।
प्रतिक्रिया 4