News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार नेप्से परिसूचक २९६० अंकमा पुगेको छ, जुन गत साउन १३ गतेयताकै उच्च हो।
- नेप्सेमा १३६ कम्पनीको मूल्य बढ्दा ११७ को घटेको छ र ११ कम्पनीको मूल्य स्थिर छ।
- व्यापार समूह ९.१२ प्रतिशतले सबैभन्दा बढी बढेको छ र विशाल बजारको मूल्य ९.९१ प्रतिशतले वृद्धि भएको छ।
१० चैत, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से करिब ८ महिनाकै उच्च अंकमा पुगेको छ । मंगलबार २३.८३ अंकको वृद्धिसँगै नेप्से २९६० अंकमा पुगेको छ । यो अंक गत साउन १३ गतेयताकै उच्च हो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १५ अर्ब ७८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ८३ करोडको भयो ।
१३६ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ११ को स्थिर रह्यो । व्यापार समूह सबैभन्दा धेरै ९.१२ प्रतिशत बढ्यो । यस समूहमा जम्मा दुई कम्पनी सूचीकृत छन् । तीमध्ये बजारकै सबैभन्दा शक्तिशाली कम्पनी विशाल बजारको मूल्य ९.९१ प्रतिशत बढेसँगै व्यापार समूह सबैभन्दा धेरै बढेको हो ।
त्यस्तै बैंकिङ ०.६७, विकास बैंक १.३८, फाइनान्स ०.५१, हाइड्रोपावर १.३२, लगानी ०.११, उत्पादन तथा प्रशोधन समूह ०.८६ प्रतिशत बढे । त्यस्तै होटल तथा पर्यटन समूह ०.१७, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.४६, निर्जीवन बीमा ०.३८ तथा व्यापार समूह ०.१६ प्रतिशत घटे ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।
फस्र्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशत घट्यो । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.११ तथा मेरो माइक्रोफाइनान्सको ४.५३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, अपी पावर, एचआईडीसीएल प्रमोटर, ङादी ग्रुप र शिवम् सिमेन्ट छन् ।
प्रतिक्रिया 4