+

साफ यू-२० च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्ने

२०८२ चैत  १४ गते १९:३९ २०८२ चैत १४ गते १९:३९
साफ यू-२० च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ ।
  • नेपाल समूह \'ए\' मा अपराजित रहेर समूह विजेता बनेको थियो भने बंगलादेश समूह \'बी\' को उपविजेता बनेको हो ।
  • भारत र बंगलादेशले समान ४ अंक जोडेपनि गोलअन्तरमा भारत समूह विजेता बनेको छ र भुटानसँग सेमिफाइनल खेल्नेछ ।

१४ चैत, काठमाडौं । माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ ।

समूह ‘बी’ को अन्तिम खेलमा भारत र बंगलादेशले १-१ को बराबरी खेलेपछि नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको हो ।

नेपाल समूह ‘ए’ मा अपराजित रहेर समूह विजेता बनृको थियो । बंगलादेश समूह ‘बी’ को उपविजेता बनेको हो ।

भारत र बंगलादेशले समान ४ अंक जोडेपनि गोलअन्तरमा भारत अघि रहँद‌ा समूह विजेता बनेको हो ।

भारतले अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता भुटानसँग खेल्नेछ ।

साफ यू-२० च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय