+
+
Shares

एमालेको विरोधपत्र बुझ्दै काठमाडौंका सीडीओले भने– राजनीतिक विषयमा प्रवेश गर्दैनौं

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १३:५१

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विरोध पत्र बुझाउन आएका एमालेका नेता–कार्यकर्ताहरुलाई राजनीतिक विषयमा आफूहरु प्रवेश नगर्ने जवाफ दिएका छन् ।

उनले प्रदर्शनको क्रममा केही हिंसात्मक घटना भएको भन्दै त्यसमा संलग्नलाई कानुन अनुसार कारबाही अघि बढाउने पनि बताए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई विरोध पत्र बुझाउने कार्यक्रम तय गरेको थियो । सोही कार्यक्रम अनुसार एमालेका नेता रामेश्वर फुयालसहितका नेताहरु आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।

उनीहरुसँग प्रजिअ पौडेलले आफूहरु राजनीतिक विषयमा प्रवेश नगर्ने बताए । ‘राजनीतिक विषयमा हामी बिल्कुलै प्रवेश गर्दैनौं । हाम्रो न्युट्रालिटीले गर्दा, त्यसपछि हाम्रो प्रोफेस्नालिजम जुन छ, त्यसअनुसार हामी अगाडि बढ्छौं,’ उनले भने ।

प्रजिअ पौडेलको यो भनाइलगत्तै एमालेका एक नेताले ‘राजनीतिक मात्र नभई कानुनी विषय’ पनि भएको बताएका थिए । तर प्रजिअ पौडेलले यसमा धेरै बहस नगर्ने जवाफ दिए ।

संयमित हुन निर्देशन

शनिबार अध्यक्ष ओली पक्राउ परेलगत्तै एमाले कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । आज पनि प्रदर्शनसहित एमाले नेता–कार्यकर्ताहरु विरोधपत्र बुझाउन गएका थिए ।

शनिबारको प्रदर्शनको क्रममा माइतीघर–बिजुलीबजार खण्डमा तोडफोड र आगजनीका घटना भएका थिए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले प्रदर्शनको क्रममा ‘केही हर्कत’ भएको भन्दै त्यसमा संलग्नलाई सोही अनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताए । ‘तिनीहरुको हकमा कानुनी कारबाही अघि बढ्छ । कानुनको सीमाबाट हामी सबै बाँधिएका छौं,’ उनले भने ।

उनले सुरक्षाकर्मीलाई संयमित हुन निर्देशन दिइएको भन्दै एमाले नेता–कार्यकर्ताहरुलाई पनि संयमित हुन आग्रह गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?