News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ।
१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ । गैरकानुनी पक्राउ गरी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो ।
आजै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन् । रिटमाथिको सुनुवाइ सोमबार हुने सर्वोच्चले जनाएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो ।
उनीहरूलाई आज अदालत उपस्थित गराइएको थियो । लेखकलाई प्रहरीले काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो भने अस्पतालमा रहेका ओलीलाई भर्चुअल रुपमा उपस्थित गराइएको थियो ।
सरकारी वकिलको कार्यालयले उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेको छ ।
प्रतिक्रिया 4