+

क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा शक्तिको उम्मेदवारी

२०८३ जेठ  २३ गते १९:३२ २०८३ जेठ २३ गते १९:३२
क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा शक्तिको उम्मेदवारी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रिकेट सङ्घ रूपन्देहीको पाँचौँ अधिवेशनमा पूर्व क्रिकेटर शक्ति गौचनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
  • हालका अध्यक्ष हरिबहादुर थापाले सहमति तोड्दै पुनः उम्मेदवारी घोषणा गरेपछि आफूले दाबी प्रस्तुत गरेको गौचनले बताए ।
  • निर्वाचित भएमा ४ वर्षभित्र रूपन्देहीका ६ वटै नगरमा क्रिकेट मैदान निर्माण गरी जिल्लालाई खेलको हब बनाउने उनको प्रतिबद्धता छ ।

२३ जेठ, बुटवल । क्रिकेट संघ रूपन्देहीको पाँचौं अधिवेशनबाट चयन हुने नेतृत्वका लागि पूर्व क्रिकेटर शक्ति गौचनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

शनिबार भैरहवामा आफ्नो मातृ क्लब लुम्बिनी खुकुरी क्लबको आयोजनामा पत्रकार सम्मेलन गरी गौचनले अध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी गराएका हुन् ।

यही जेठ २५ गते भैरहवामा संघको अधिवेशन हुंदैछ । हालका अध्यक्ष हरिबहादुर थापाले चौथो अधिवेशनमै पाचौं अधिवेशनमा गौचनलाई अध्यक्ष बनाउने सहमति गरेपनि अहिले तोडेर पुनः उम्मेदवारी घोषणा गरेपछि आफूले पनि औपचारिकरुपमा उम्मेदवारी दिने घोषणा गर्नुपरेको गौचनले बताए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व स्पिनर गौचनले क्रिकेटको उर्बर भूमि रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना र ग्रासरुटबाटै क्रिकेट खेललाई अगाडि बढाई जिल्लाको क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित संघको नेतृत्वमा आउन चाहेको बताए ।

जुनियर लेबलमा क्रिकेटका लागि पूर्वाधारमा धेरै काम गर्नुपर्ने देखिएको बताउँदै आफू त्यसमा लाग्ने गौचनको भनाइ छ । आफू निर्वाचित भएमा आगामी ४ वर्षभित्र जिल्लाका ६ वटै नगरमा क्रिेट खेल मैदानलाई पूर्णता दिई रूपन्देहीलाई क्रिकेटको हबको रूपमा विकास गर्ने गौचनले प्रतिबद्धता जनाए ।

जिल्लामा रहेका क्रिकेट क्लबहरु मध्ये आधा बढी आफ्नो समर्थनमा रहेका र ७५ प्रतिशत खेलाडीको साथ पाएकाले यसपटक आफू विजयी हुने गौचनले दाबी गरे । सन् २००१ मा बंगलादेशमा भएको प्रतियोगितामा यू–१७ टोलीबाट क्रिकेट शुरू गरेका शक्तिले सन् २०१८ मा सन्न्यास लिएका थिए ।

नेपालले एकदिवसीय क्रिकेटमा पाइला टेकेकै दिन खेलाडीको रूपमा विश्राम लिएका सन्न्यासपछि भैरहवामा आफ्नो स्टार क्रिकेट एकेडेमीमा प्रशिक्षणमा व्यस्त छन् भने तिलोत्तमाको एक्स्ट्राटेक ओभल, न्यू होराइजन क्रिकेट क्लब लगायतमा प्रशिक्षक छन् ।

उनले यू–१९ एसिया कपमा नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । पत्रकार सम्मेलनमा शक्ति गौचनको प्यानलका उपाध्यक्षका उम्मेदवार संजिवराज जोशीले अघिल्लो अधिवेशनमै गौचनलाई यसपटक नेतृत्व दिने भद्र सहमति भएको हुंदा त्यसलाई पालना गर्न आग्रह गरे ।

क्रिकेट खेलमा २५ वर्ष योगदान र नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चम्काउन योगदान गरेका गौचनको सम्मानका लागि पनि यसपटक नेतृत्व दिनुपर्ने तर्क गरे ।

गौचन नेतृत्वमा आएपछि रुपन्देहीलाई भारत उत्तर प्रदेशका क्रिकेट क्लबहरुसंग जोडेर खेल पर्यटनमा नयाँ आयाम थप्ने योजना रहेको बताए । अध्यक्षका अर्का उम्मेदवार थापाले शुक्रबार (हिजो) नेतृत्वमा दोहोरिन उम्मेदवारी घोषणा गरेका थिए ।

रुपन्देही क्रिकेट संघ शक्ति गौचन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय