News Summary
Generated by OK AI. Editorially reviewed.- जर्मनीका युवा मिडफिल्डर लेनार्ट कार्ल तिघ्राको चोटका कारण जुन ११ देखि शुरू हुने फिफा विश्वकप २०२६ बाट बाहिरिएका छन् ।
- कार्लको स्थानमा जर्मनीले टोलीमा मिडफिल्डर असन ओएद्राओगोलाई समावेश गरेको छ ।
- कार्लले "मलाई कहाँबाट सुरु गर्ने भन्ने नै थाहा छैन, तर सबैभन्दा ठूलो प्रतियोगिता गुमाउनु पर्दा वर्णन गर्नै नसकिने पीडा भइरहेको छ" भनी लेखेका छन् ।
२३ जेठ, काठमाडौं । जर्मनीका युवा स्टार लेनार्ट कार्ल जुन ११ देखि उत्तर अमेरिकामा सुरु हुने फिफा विश्वकप २०२६ बाट बाहिरिएका छन् ।
विश्वकपअघि आयोजक टिम अमेरिका विरुद्धको अन्तिम तयारी खेल अगाडि शुक्रबार प्रशिक्षणका क्रममा तिघ्रामा चोट लागेपछि १८ वर्षीय मिडफिल्डर कार्लले विश्वकप गुमाउने भएका हुन् ।
बायर्न म्युनिखमा उत्कृष्ट सिजनपछि कार्ललाई जर्मनीको टोलीमा समावेश गरिएको थियो र विश्वकप खेल्ने उत्कृष्ट युवा खेलाडीहरूमध्ये एक मानिएको थियो ।
कार्ललाई चोटपछि स्क्यानका लागि अस्पताल पठाइएको थियो तर जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले स्थिति ‘त्यति राम्रो नदेखिएको’ बताएका थिए ।
‘मलाई कहाँबाट सुरु गर्ने भन्ने नै थाहा छैन, तर सबैभन्दा ठूलो प्रतियोगिता गुमाउनु पर्दा वर्णन गर्नै नसकिने पीडा भइरहेको छ’ कार्लले इन्स्टाग्राममा लेखेका छन्, ‘मैले विश्वकपका लागि फिट हुन सम्भव भएसम्म सबै कुरा गरेको थिएँ । दुर्भाग्यवश, चोटहरू अक्सर सबैभन्दा अभागी समयमा आउने गर्छन् ।’
कार्लको स्थानमा जर्मनीले मिडफिल्डर असन ओएद्राओगोलाई टोलीमा समावेश गरिएको छ ।
विश्वकपको लागि अन्तिम टोली घोषणा भइसकेपनि कुनै खेलाडी गम्भीर घाइते भएको अवस्थामा खेलाडी रिप्लेस गर्न पाउने प्रावधान छ ।
प्रतिक्रिया 4